मल नल्याउने प्रचण्डका घटेबेटीलाई कारवाही नगर्ने उच्च अदालत पाटनको आदेश 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०७:१७:PM  
मल नल्याउने प्रचण्डका घटेबेटीलाई कारवाही नगर्ने उच्च अदालत पाटनको आदेश 

काठमाडौं । उच्च अदालत पाटनले समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

सोमबार अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलाशले हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालि र शारदाप्रसाद अधिकारीको शैलुङ इनटरप्राइजेजलाई कारबाही नगर्न आदेश दिएको हो । शारादा अधिकारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन ।

अदालतले यस विषयमा क कसो भएको हो ? निनवेदकको मा बमोजिमको आदेश किन जारी हुनु नपर्ने ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कराण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाको म्यान बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

‘छलफलका लागि दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त हुने देखिँदा भदौ ३१ गतेको पेशी तारेख तोकी सो छलफल पेशीमा उपस्थित हुनु भनी विपक्षीलाई सूचना जारी गरी सो अवधीसम्मका लागि प्रत्यर्थी कम्पनीको भदौ २१ गतेको निर्णय एवं सो निर्णय कार्यान्वयन गराउन अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top