सञ्चय कोषको नाफा १७ प्रतिशत घट्यो, गत वर्ष ३६७ करोड मात्र 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०३:०२:PM  
सञ्चय कोषको नाफा १७ प्रतिशत घट्यो, गत वर्ष ३६७ करोड मात्र 

काठमाडौं । कर्मचारी सञ्चय कोषको नाफा १७.३४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा सञ्चय कोषले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४ अर्ब ४४ करोड रुपैयाँ थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ७७ करोड रुपैयाँ कम भएको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । यो नाफा लेखापरीक्षण विनाको हो । नाफा घटेपछि सञ्चयकर्ताले पाउने लाभांश पनि कम हुने छ । 

कोरोना महामारी सुरु भएपछि कोषले नाफा ७० करोड रुपैयाँ घट्ने प्रक्षेपण गरेको थियो । ब्याज छुटलगायत अन्य विभिन्न कारणले नाफामा गिरावट आएको हो ।

सञ्चय कोषको कुलपुँजी ३ खर्ब ९३ करोड रुपैयाँ पुगेको छ । कोषले ५० प्रतिशत सञ्चयकर्ता, २८ प्रतिशत विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्धति निक्षेप, १७ प्रतिशत परियोजनामा लगानी गरेको छ । 

कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटका सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजनामा लगानी गरेको छ । कोषले अन्य आयोजनामा लगानी गर्ने सोच बनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top