देशभर थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०४:५१:PM  
देशभर थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  बितेको २४ घण्टामा देशका थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित रहेको बताए । 

यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८  जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top