यस्तो छ नयाँ अवतारमा सोमबार सार्वजनिक हुने हसक्वर्ना २५० बाइक, मुल्य कति ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०४:५५:PM  
यस्तो छ नयाँ अवतारमा सोमबार सार्वजनिक हुने हसक्वर्ना २५० बाइक, मुल्य कति ?

काठमाडौं ।  नेपाली बजारमा आगामी सोमबार नयाँ मोटरसाइकल ब्रान्ड हसक्वर्ना २५० सार्वजनिक हुने भएको छ । बजाज तथा केटिएम बाइकको नेपालका लागि आधिकारीक वितरक गोल्छा ग्रुपले नेपालमा थप नयाँ ब्रान्ड हसक्वर्ना भिटपिलेन २५० भित्र्याएको हो । यो बाइक नक्साल केटीएम शो–रुमबाट सोमबार नेपाली बजारमा विक्री सुरु हुने भएको छ । 

गोल्छा गु्रपले भित्र्याउन लागेका यो बाइकले सुजुकी जिक्सर २५०, यामाहा एफ जेट एस २५०, केटीएम ड्युक २५० सँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।  गोल्छा अर्गनाइजेसनले स्वीडेनको चर्चित ब्रान्ड हसक्वर्ना भिटपिलेन भित्र्याएको हो । 

बजाज पल्सर, केटीएम ड्यूक मोटरसाइकलमा एकाधिकार नै जमाएको गोल्छाले पायोनियर स्वीडेनको मोटरसाइकल हसक्वर्ना भिटपिलेनले नयाँ रेकर्ड कायम गर्ने बताइएको छ । 

अर्गनाइजेशनले पहिलो चरणमा २० ओटा हसक्वर्ना भिटपिलेन बाइक ल्याइसकेको छ भने दशैं लक्षित अझै आउने क्रममा रहेको बजाज नेपालका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले जानकारी दिए । 

यस्तो छ फिचर

नेपाली बजारमा सोमबार सार्वजनिक हुन लागेको हसक्वर्ना भिटपिलेन २५० बाइकमा २ सय ४८ दशमलव ८ सीसी क्षमताको लिक्युड कुलेड , फोर स्ट्रक इन्जिन दिइएको छ । जसले २४ एनएममा सात हजार पाँच सय आरपिएम टर्कयू पावर जेनेरेट गर्छ । 

यो बाइकले ३० पीएसमा ९ हजार आरपिएम पारव क्षमता छ । ६ स्पीड गियर बक्स दिएको हसक्वर्ना भिटपिलेन २५०को एक सय ३१ किलोमिटर प्रति घण्टा रहेको छ । 

त्यस्तै ९ लिटरको इन्धन भण्डारण क्षमता भएको यो बाइकले प्रति लिटर २३ देखि ३० किलोमिटर माइलेज दिन्छ । ट्यूबलेस टाएर भएको हसक्वर्ना भिटपिलेन २५०मा ब्रेकिङ् सिस्टम एबीएस रहेको छ । 

ग्राउन्ड क्लियरेस एक सय ४४ एमएम, एक सय ५४ केजी रहेको यो बाइक कालो कलरमा मात्रै नेपाल भित्रिएको छ । कम्पनीका अनुसार हसक्वर्ना भिटपिलेन २५०को मुल्य ६ लाख तल नै रहने जनाइएको छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top