काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्री बनाए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा पौडेल नै अर्थमन्त्री थिए ।
पौडेलको अर्थ मन्त्रालय प्रवेश यो दोस्रो पटक हो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बजारमा चर्चा चले पनि अन्ततः पौडेलले बाजी मारेका छन् ।
पौडेललाई प्रदेश राजधानीसँग अर्थमन्त्री पद साटेको गम्भीर आरोपसमेत लागेको छ । यद्यपि, उनले प्रदेश राजधानी बुटबलबाट दाङको देउखुरी लैजाँदा खासै प्रतिवाद गरेनन् । करिब–करिब मौन नै बसेका थिए ।
यो पनि पढ्नुस
भूतले खाजा खाने बेला दोहोर्याएर अर्थमन्त्री बनेका विष्णु पौडेलका चुनौती
२०७२ को कात्तिक १९ गते पौडेल पहिलो पटक अर्थमन्त्री नियुक्त भएका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पौडेल जलस्रोतमन्त्री थिए । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०५३ सालमा पनि पौडेल युवा तथा खेलकुदमन्त्री भएका थिए । राजनीतिका चतुर खेलाडी पौडेल नेकपाका महासचिव समेत हुन् । उनले ओली र दाहाललाई सन्तुलनमा राख्न उनी सफल भएका छन् ।
सालिन स्वभाव भएका अर्थमन्त्री पौडेलले पनि विभिन्न विवादमा मुछिँदै आएका छन् । पछिल्लो समय ललिता निवास जग्गा प्रकरण उनका लागि पेचिलो बन्यो र झण्डै लामो राजनीतिक दाउमा लागेको थियो । अहिले पनि सो जग्गा काण्ड सकिएको छैन ।
यो पनि पढ्नुस
मन्त्रिपरिषदमा हेरफेर, विष्णु पौडेल बने अर्थमन्त्री
पौडेललाई अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाबाट भएका धेरै गल्तीहरुलाई चिर्ने अपेक्षा गरिएको छ । मुलुकमा समस्या नभएको जस्तो गरी बजेट ल्याएपछि डा. खतिवडाका चर्को आलोचना भएको थियो ।
मुलुक कोरोना भाइरस महामारीको दबदबा रहेको कठिन अवस्थामा पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । मुलुक कठिन मोडमा पुगेको बेला उनको काँधमा अर्थतन्त्र हेर्नका लागि ठूलो जिम्मवारी आएको छ ।
हुनत उनले सहयोग सुझावका लागि आर्थिक सल्लाहकार नियुक्त गर्लान् । यसअघि अर्थमन्त्री हुँदा पनि उनले प्राडा गोविन्द नेपाललाई आर्थिक सल्लाहकार बनाएका थिए ।
यसअघि २०७२ को विनाशकारी भूकम्प र भारतको नाकाबन्दीका बेला अर्थ मन्त्रालय सम्हालेका पौडेललाई अहिले त्योभन्दा पनि बढी चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । जटिल परिस्थितिका बेला उनलाई काम गरेर देखाउन ठूलो अवसरसमेत छ ।
यो पनि पढ्नुस
अबका अर्थमन्त्री विष्णु पौडेल !
अर्थतन्त्रको ब्यारोमिटर मानिने सेयर बजारले पौडेललाई कसरी लिन्छ त्यो हेर्न बाँकी छ । उनी अर्थमन्त्री भएका बेला सेयर बजारले नयाँ उचाइ लिएको थियो ।
२०७३ साल साउन १२ गते सेयर बजार बढेर १८८१.४५ अंकमा पुगेको थियो । यो हालसम्मकै सर्वाधिक हो । त्यसपछि घटेको बजारले पटक–पटक लय समाते पनि यो अंकमा आउन सकेको छैन । आजको दिनमा बजार १५०० देखि १६०० अंकको बीचमा घुमिरहेको छ ।
यसअघिका अर्थमन्त्री डा. खतिवडाको कार्यकालमा सेयर बजारले गति लिन सकेको थिएन् । उनलाई सेयरबजार विरोधीका रूपमा लगानीकर्ताले उनलाई लिएका थिए । उनको दुई वर्षका कार्यकालमा सेयर बजारले गति लिन सकेको थिएन् । पछिल्लो समय बढेर १ हजार ६०० अंक कटेको छ ।
२०७३ मा सरकार परिवर्तनको गम्भीर कसरत सुरु भएपछि उनले ल्याएको बजेट पारित भएन । त्यसपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गरेका थिए । १० महिनापछि २०७३ साउनको दोस्रो साताबाट अर्थमन्त्रीबाट हटेपछि बजारमा गतिमा केही कमी आएको थियो ।
सेयर बजारले सकारात्मक सोच भएको अर्थमन्त्री खोजिरहेको छ । उनी प्राविधिक नभई विशुद्ध राजनीतिक व्यक्ति भएकाले सेयर बजारको समस्या हल हुने बुझाइ लगानीकर्ताको छ ।