काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीले कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्। नेप्सेका अनुसार असोज ३ सम्म २ वटा बैंक, चार वटा हाइड्रोपावर, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, दुई वटा विकास बैंक र एउटा उत्पादनमूलक कम्पनीले लाभांश घोषणा गरेका हुन्।
अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्यूनतम ६ देखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। जेनजी आन्दोलनका कारण सेयर बजार यसबीचमा गत बिहीबार एक दिन मात्रै खुलेको थियो भने उक्त दिन तीन पटक नकारात्मक सर्किट लागेर सात मिनेटमै बन्द भएको थियो।
जेनजी प्रदर्शनका कारण पुँजीबजार अन्योलमा परेपछि अर्थ मन्त्रालयले शुक्रबार मात्रै सुधार्न उपाय सुझाउन चार सदस्यीय समिति गठन गरेको छ।
यसपटक लगानीकर्ताको दसैं मनाउने योजनामा पुँजीबजार बाधक बनेनको देखिएको छ। सूचीकृत कम्पनीले घोषणा गरेको लाभांश पनि दसैंपछि मात्रै सम्बन्धित लगानीकर्ताको खातामा आउने सम्भावना छ।
हालसम्म नेप्सेमा सूचीकृतमध्ये लाभांश घोषणा गर्ने ११ कम्पनी अधिकांशले बोनस सेयरलाई प्राथमिकतामा राखेको देखिएको छ। केहीले नगद लाभांश घोषणा गरे पनि जेनजी आन्दोलन कारण साधारणसभा स्थगन भएका छन्।
हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ मा साधारणसभा गरिसकेको छ। यस्तै, माछापुच्छ्रे बैंकले भदौ २७ मा बुक क्लोज गरिसकेको छ। माछापुच्छ्रे बैंकले असोज १० मा साधारणसभा आह्वान गरेको छ। बैंकले कम्पनीले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।
लाभांश प्रस्ताव गरेका बैंकमा एभरेष्ट अग्रस्थानमा रहेको छ। बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनशसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ।
मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।
११ कम्पनीमध्ये नेपाल ल्यु्ब आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २०.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ।
लाभांश प्रस्ताव गरेका बैंकमा एभरेष्ट बैंक अग्रस्थानमा छ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
साथै, सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, हाथवे इन्भेष्टमेन्टले ०.६३२ प्रतिशत नगद र १२ प्रतिशत बोनससहित १२.६३२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले कुल ८.४२१ प्रतिशत र माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
नेपाल ल्युब आयलले असोज ३१ गते साधारणसभा र असोज १२ मा बुक क्लोज मिति तय गरेका छन्। हाथवे, माछापुच्छ्रे, एभरेष्ट, कामना सेवा, नेपाल ल्युब आयल र युनिभर्सल पावरबाहेक अन्य कम्पनीले साधारणसभा तथा बुक क्लोजको मिति सार्वजनिक गरेका छैनन्।
कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीले असोज ८ गते बुक क्लोजको मिति तोकेका छन् भने कामना सेवाले असोज २४ तथा युनिभर्सल पावरले असोज २३ गते साधारणसभा मिति तय गरेका छन्।