सोमबार, असोज ४ २०७८ १०:१५ AM

×

सरकारी नियम नमान्ने आसियाना एयरलाइन्सको उडान अनुमति खारेज

images

काठमाडौं । सरकारको नियम नमान्ने दक्षिण कोरियाको आसियाना एयरलाइन्सको उडान अनुमति खारेज भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अर्को व्यवस्था नभएसम्मका लागि आसियानाको उडान अनुमति खारेज गरेको जानकारी दिए ।

गत शनिबार सो एयरलाइन्सले १ सय ६० जना यात्रु चार्टर्ड उडानमार्फत नेपाल ल्याएको थियो । त्योमध्ये ११ जना यात्रु पीसीआर परीक्षण नगरी ल्याएको थियो । उनीहरूलाई क्वारेन्टाइनमा नराखी एयरलाइन्स र ट्राभल एजेन्सीको चर्को दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही राति छोडेको थियो ।

सरकारले बनाएको नियमअनुसार नेपाल आउने यात्रुहरूले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र यदि रिपोर्ट नभएका यात्रुहरू नभए एयरलाइन्सकै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा राख्नु पर्ने प्रावधान छ ।

बिहीबार २९ असोज २०७७ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया