मेगा बैंकको सेयर कट अफ प्राइस कति ? 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०१:१०:PM  
मेगा बैंकको सेयर कट अफ प्राइस कति ? 

काठमाडौं । मेगा बैंकको लिलामी सेयरको कट अफ प्राइस सार्वजनिक भएको छ । सर्वसाधरण समूहतर्फको सेयरमा प्रतिकित्ता २१२ रुपैयाँ कट अफ कायम भएको छ ।

संस्थापक समूहको लिलामीमा १०८ रुपैयाँ कट अफ आएको बिक्री प्रवन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । मेगाका अनुसार यो  प्रारम्भिक विवरण हो ।

मेगाले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४  र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ गरी कुल १८ लाख ४० हजार ७३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top