कोरोना महामारीले रोक्यो माछापुच्छ्रे बैंकको साधारणसभा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,१०:२१:AM  
कोरोना महामारीले रोक्यो माछापुच्छ्रे बैंकको साधारणसभा

काठमाडौं  माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित भएको छ । शुक्रबार बसेको बैंक संचालक समिति बैठकले २२ औं बार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।

कोरोना भाइरस महामारी बढेको र चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा भाग लिन कठिनाई हुने भएपछि स्थगित गरेको बैंकले जनाएको छ । बैंकल आउँदो ६ गते बिहीबार पोखरामा साधारणसभा गर्न मिति तय गरेको थियो ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्तापुँजीका ३.३७ प्रतिशत नगद लाभांश र  ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने तयारी थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top