आईपीओ जारी गर्ने तयारीमा रहेको प्रभु लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २, आइतबार ,०६:३९:AM  
आईपीओ जारी गर्ने तयारीमा रहेको प्रभु लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज १४ गते निवेदन दिएको छ ।

कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । गत आर्थिक वर्षमा ४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्मा कम्पनीले जगेडा कोषमा १४ करोड ८९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा  १ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी जम्मा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० करोडको रुपैयाँको  आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

गत आवमा कम्पनीले १ अर्ब १९ करोड बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको कुल कायम रहेको बीमालेख सँख्या ६७ हजार ९२ रहेको छ । हालसम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top