ट्रेकिङ कम्पनीको नेतृत्व गर्दै सरिता ‘स्वास्थ्य इन्चार्जदेखि टानको महासचिवसम्म’

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ कात्तिक २, आइतबार ,०३:५१:PM  
ट्रेकिङ कम्पनीको नेतृत्व गर्दै सरिता ‘स्वास्थ्य इन्चार्जदेखि टानको महासचिवसम्म’

काठमाडौं । पदयात्रा क्षेत्रको व्यवसायीहरुबीच परिचित नाम हो, सरिता लामा । रामेछापको दोरोम्बा गाउँपालिका–१ मा जन्मिएकी लामाको परिवार नै २०४२ सालमा काठमाडौं आएको हो । 

परिवार स्वास्थ्य क्षेत्रसँग आबद्ध भएको हुनाले उनले पनि त्यही विषय अध्ययन गरे । काठमाडौंमा त्यो बेला पर्यटन भन्ने केही जानकारी पाएका थिएनन् । स्वास्थ्य क्षेत्रमा काम गर्नकै लागि उनी संखुवासभादेखि पश्चिमको गोरखासम्म उनले काम गरिन् ।

कम्युनिटी एक्सन नेपाल नामक संस्थामा काम गर्न त्यहाँ गएकी थिइन् । जनयुद्धकालमा पनि सो संस्थाले काम गरिरहेको थियो । त्यही संस्थामा उनको पहिलो जागिरे जीवन सुरु भएको थियो भने जागिरकै सिलसिलामा संखुवासभा जाने क्रममा पहिलो पटक जहाज चढेको अहिले पनि बिर्सिन्न् ।

त्यो बेला जहाज चढ्नु भनेको सबैलाई सहज थिएन । उनीको पहिलो उडान सल्लेरीको फाप्लुमा थियो । सोलुखुम्बुको तत्कालीन केरुङ गाविसमा रहेको हेल्थ पोष्टको इन्चार्जका रुपमा उनी काम गर्न त्यहाँ गएका थिए । उनीले त्यहाँ गएपछि बल्ल बुझिन् कि दुर्गम क्षेत्र, पर्यटन भनेको के हो भन्ने ।

कयौं दिनसम्म परिवारसँग सम्पर्क नहुनु र देश विदेशमा के–के भइरहेको छ भन्ने जानकारीसमेत नपाउँदाको अवस्था नाजुक थियो । फोन गर्नलाई फाप्लुसम्म पुग्नु पर्ने बाध्यता थियो ।
सोलुुबाट करिअर सुरु गरेका लामाले त्यहाँबाट उनीले धेरै जिल्लाको दुर्गम गाउँमा सेवा गर्न जाँदा घुम्ने मौका पाएका उनीले त्यही बेला महत्व बुझेका थिएकी ग्रामीण क्षेत्रको पर्यटन कस्तो हुन्छ ।

ती सुन्दर ठाउँहरुलाई पर्यटकीय दृष्टिकोणले विकास गरी विदेशीहरुलाई घुमाउन पाए कति खुसी हुन्थ्ये होला भन्ने कुरा उनीको मनमा पलाइरहेको थियो । ती क्षेत्रको स्वच्छ हावा, सुन्दरबस्ती र त्यहाँका मान्छेहरुको आत्मियताले उनको मन लोभ्याइसकेको थियो ।

उनीले आफ्नो पेसासँगै पर्यटनसँग चासो राख्दै ५÷६ वर्षपछि उच्च हिमाली क्षेत्रहरुमा लेक लागेर बिरामी भएकाहरुलाई कसरी उपचार गर्ने भन्ने विषयको तालिम लिए । 

त्यसपछि सोलुमा हुँदा मोछोर्मो, नाम्चे लगायतका क्षेत्रमा कुनै ग्रुपहरु बिरामी भएमा उपचारका लागि उनी त्यहाँ जाने गर्थिन् । त्यसो हुँदाहुँदै विस्तारै–विस्तारै पर्यटनसँग नजिक हुँदै गए ।
काम गर्दागर्दै उनले स्वास्थ्य पेसाबाट विश्राम लिए । पछि उनीले केही समयपछि विवाह गरे । विवाहपछि केही समय गृहणीको रुपमा बिताए पनि उनीलाई त्यतिकै बस्न मन लागेन । हुन त त्यो बेला पनि उनीसँग उपचार लिएर विदेशमा गएका विदेशीहरुले समेत नेपाल आउन लागेका छौं, कहाँबाट जाने कसरी जाने भन्ने विषयमा उनैसँग जानकारी लिइरहेका हुन्थ्ये । 
यसैबीच उनीले पनि सोचेकी आखिरमा श्रीमानको मात्र भर परेर पनि हुँदैन । पढेको छु, केही बुझेको छु, म पनि केही गर्न सक्छु भन्ने सोचका साथ सन् २००९ मा ‘अफ द वाल’ नामक ट्रेकिङ कम्पनी दर्ता गरेर काम सुरु गरिन् ।

कम्पनी सुरु भएको ६ वर्षपछि उनी ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)को कार्यसमिति सदस्यमा निर्वाचित भइन् भने उनी एक वर्षअघि टानको महासचिवको रुपमा प्रतिनिधित्व गरिरहेकी छिन् ।

दुःखको कुरा सरकारले अहिलेसम्म पर्यटनलाई उद्योगको रुपमा मान्यता दिएका छैन, मात्र डलर भित्र्याउने मौसमी व्यवसायीको रुपमा मात्र हेरिरहेको छ, यसलाई चिरेर उद्योगको रुपमा मान्यता दिनुपर्ने उनको भनाइ छ ।

उनको कम्पनीले विशेष गरेर रिमोट एरियाहरु कञ्चनजंगा, हुम्ला, सिमिकोट, रोल्वालिङ, रुबि भ्यालि र मुस्ताङ क्षेत्रमा बढी क्याम्पियनको काम गर्दै आएको छ । जो मान्छेहरु ५० दिनभन्दा बढी समय ट्रेकिङ गर्न चाहन्छ र धेरै खर्च गर्न रुचाउनेहरु उनीको कम्पनीमा जाने गरेका छन् । रिमोर्ट एरियामा जाँदा मात्र कम्तीमा १ महिनाभन्दा बढी लाग्छ ।

जति ट्रिपहरु चल्छ, त्यहाँ धेरैभन्दा धेरै जनशक्तिहरुलाई काम दिन सकौं भन्ने मुख्य उद्देश्य हो । गाइड, कुक शेर्पा सबै उपलब्ध हुन्छ । जतिसक्दा धेरैलाई रोजगार बढी दिन पाए हुुन्थ्यो भन्ने उनीलाई लाग्छ । किन कि उनीले त्यहाँबाट धेरै कमाउनेभन्दा धेरैलाई रोजगारी दिएर धेरैको परिवार पाल्न सहज होस् भन्ने सो उनमा सधैं रहन्छ ।

उनीको यो व्यवसाय एउटा सोखको रुपमा जन्भिएको हो, त्यही भएर नाफाभन्दा सेवालाई बढी जोड दिइरहेकी हुन्छिन् ।

ब्रिटिस नागरिकले दिएको त्यो डिनर
उनी हाउस वाइफ भइरहँदा लण्डनमा बल्ड डिनरमा गएकी थिइन्, उनको श्रीमानको साथमा । त्यहाँ १९७५ मा सगरमाथा आरोहण गरेका ब्रिटिस नागरिकले डिनर पार्टीको आयोजना गरेका थिए । उनी ब्रिटिसका पहिलो नागरिक थिए, सगरमाथा आरोहण गर्ने । 

त्यहाँ उनीसहित नेपाली केही परिवारलाई समेत बोलाइएको थियो । र, को कहाँ बस्ने भनेर पहिलानै ठाउँ फिक्स गराइएको रहेछ । टेबल सेट गर्दा नै हाउस वाइफहरुका लागि छुट्टै ठाउँ बनाएका थिए भने लिडिङ गरिरहेका व्यक्तिहरुको भने छुट्टै सिट बनाइको थियो । 

त्यही मात्र होइन, उनीहरुको सिट अगाडि हाउस वाइफ भनेर लेखिएको समेत थियो । जुन कुराले उनको मनमा धेरै चिसो पीडा महसुस भएको थियो । उनले त्यही बेला सोचेका थिए कि म पनि कुनै कम्पनीको लिडिङ गर्छु भनेर ।


 

तामाङ संस्कृति झल्कने रेस्टुराँ ‘तामाङ कुदाप’

तामाङ संस्कृति र परम्परागत खानाको झल्को दिने गरी उनले स्वयम्भूमा रेस्टुराँ खोलेकी छिन् । तामाङ समुदायले प्रयोग गर्ने डम्फु, ढ्यांग्रो, घ्याम्पो, सिङमाङ, लाङ, रन्दा, धाकी, कोमेन्दो, स्यामालगायत सामग्री रेस्टुराँमा राखिएको जनाएको छ ।

छिनछिनै परिवर्तन हुने नियमले समस्या

पर्यटनसँग सम्बन्धित नीति नियमहरु पटक–पटक परिवर्तन हुँदा भने निकै समस्या हुन्छ । विशेष गरेर अध्यागमन विभागमा विभिन्न समयमा भइरहने परिवर्तित नियमले धेरै व्यवसायीहरुलाई समस्या हुने गरेको उनीको अनुभव छ । कहिलेकाहीँ भिसाको पैसा ३ दिन अघिनै बुझाइसकेको हुन्छ, पछि लिन जाँदा शुल्क बढिरहेको हुन्छ ।

त्यस्तो बेलामा पर्यटकसँग थप पैसा माग्नसमेत समस्या हुन्छ । ट्रेकिङ रुटहरु कहिले कताको के हुन्छ भन्ने पनि थाहा हुँदैन । यसको मुख्य समस्या भनेको समन्वयको अभाव नै हो । व्यवसायी, पर्यटन मन्त्रालय, अध्यागमण विभागबीच समन्वय नहुने र व्यक्ति हावी बढी हुँदा के–के परिवर्तन भयो भन्ने जानकारी नपाउँदा धेरै समस्या हुन्छ ।

ट्रेकिङ गाइडलाई टिकाउनै मुस्किल

पछिल्लो समय ट्रेकिङ गाइडहरुलाई लामो समयसम्म टिकाउन मुस्किल परेको छ । एउटा गाइड तयार गर्न करिब ४ वर्षभन्दा बढी लाग्छ । बल्ल–बल्ल तयार भएको गाइडबीचमै छोडेर विदेशमा गइदिन्छ ।

फेरि अर्कोलाई शून्यबाट सिकाउँदा त्यति नै समय लाग्छ । उनीहरुलाई नियमित रुपमा जागिर दिन नसक्नु र नियमित आम्दानी गराउन नसकेकै कारण विदेश जानुपर्ने बाध्यता आउने गरेको देखिन्छ ।

महिलाको नाममा कम्पनी दर्ता तर, पुरुषहरु धेरै
ट्रेकिङ कम्पनीहरुमध्ये धेरै महिलाको नाममा दर्ता गरिएको छ । दर्ताको तथ्यांक हेर्दा उत्साहजनक देखिए पनि कम्पनी नै लिड गर्ने महिलाहरु भने औंलामा सीमित छन् । महिलाहरु यो कामप्रति डराएका हुन् वा श्रीमानले काममा आउन नदिएको हो, त्यो बुझ्न सकिएको छैन, उनले भनिन् ।

जे होस् लिडिङ गरेर काम गर्ने महिलाहरुको संख्या ट्रेकिङ क्षेत्रमा धेरै कम छ । पछिल्लो समय ट्रेकिङ गाइडमा महिलाहरु केही मात्रामा देखिन थालेको छ । यो उत्साहजनक कुरा हो, लामाले भनिन् ।

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top