काठमाडौं। समाज डेन्टल हस्पिटलको १३ औँ शाखा भैँसेपाटीमा खुलेको छ। ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको १३औँ शाखाले आजदेखि भैँसेपाटीमा आफ्नो सेवा सुरु गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो। उद्घाटनका दिन सम्पूर्ण सेवामा ५० प्रतिशत छुट रहेको हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटौ छानामुनी विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्यसहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।
भैँसेपाटीमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए।
समाज डेण्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ। हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाइला, कौसल्टार, इमाडोल, कुलेश्वर र बनेपा काभ्रेमा संचालित छ।