काठमाडौं। ४० कटेपछि वा तनावका कारण मानिसलाई निद्राले पनि सताउँछ। रातमा निद्रा नलागेपछि अर्को दिनको दैनिकीले पिरोल्छ। अफिसमा काम गर्दा होस् वा कुनै बैठकमा सहभागिता जनाउँदा। रातीमा नसुतेपछि शरीर यत्तिकै थलिन्छ। बिस्तारमा पल्टिँदा पनि दिमागले के–के सोच्छ, के–के।
अझ अविवाहित केटा/केटी कुनै झमेलामा फसेका बेला रातमा निद्रा नलाग्ने समस्या भए एक्लोपनले जिन्दगी बोझ लाग्न सक्ने सम्भावना रहने स्वास्थ्य तथा मनोविद् बताउँछन्। धेरै कामको चापले थकाइ लाग्दा शरीरलाई आरामको जरुरी भए पनि निद्रा नलागेपछि अस्वस्थ हुने सम्भावना झनै बढ्छ।
जर्नल अफ क्लिनिकल स्लिप मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार संसारमा करिब प्रतितीन जनामध्ये एक जनामा इन्सोम्निया (निद नलाग्ने रोग)को लक्षण देखा पर्ने गर्छ। संसारका १० प्रतिशत मानिसमा अनिद्राकै कारण यस्तो रोगको लक्षण देखिने गरेको जर्नल अफ क्लिनिकल स्लिप मेडिसिनमा उल्लेख छ।
यदि बिस्तरामा पल्टिएको आधा घन्टाभित्र निद्रा लाग्ने र राती जागा भए ५ मिनेटभित्रै निदाउन सकिने भए मानिसको स्वास्थ्यलाई समस्या नमानिने जर्नल अफ क्लिनिकल स्लिप मेडिसिनले लेखेको छ।
स–साना कारणले किन निद्रा लाग्दैन र बिस्तरामा पल्टिनासाथ निद्रा नलाग्नुमा रोग निम्तनुको कारण पनि हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
यी हुन् राती निद्रा नलाग्नुका कारण
तनाव र चिन्ता
जब मान्छेको दिमाग लगातार कुनै कुरालाई लिएर चिन्तित रहन्छ–चाहे नोकरी, सम्बन्ध या आर्थिक समस्या नै किन नहोस्। शरीरले स्ट्रेस हार्मोन उत्पन्न गर्दा निद्रा बिग्रिन्छ।
धेरै मोबाइल हेर्ने
सुत्नुअघि मोबाइल, ल्यापटप वा टेलिभिजन हेर्ने बानीका कारण निद्रा नलाग्न सक्छ। ब्लू लाइटका कारण निद्राका लागि आवश्यक ‘हार्मोन मेल्टनिन’ पर्याप्त मात्रा बन्न नसक्दा निद्रा डिस्टर्व हुन्छ।
पेयपदार्थ र धूमपानको सेवन
चिया, कफी, चुरोट, रक्सी सेवनबाट निकोटिन नर्भस सिस्टम उत्तेजित हुने हुँदा शरीरले आराम पाउन सक्दैन। अतः निद्रा बिग्रिन सक्छ।
सुत्ने/उठ्ने अनियमित समय
तपाईं–हामी कहिले छिट्टै सुत्ने, कहिले छिट्टै उठ्ने गर्दा पनि निद्राले सताउँछ। ‘स्लिप साइकल’ डिस्टर्ब हुँदा अनिद्राले सताउँछ तर निद्रा लाग्दैन।
डिप्रेसन र मानसिक स्वास्थ्य समस्या
डिप्रेसन र मानसिक स्वास्थ्य समस्याका कारण पनि मानिसको दिमागको केमिस्ट्री बदलिन्छ। सामान्य तरिकाले काम गर्दैन। यसले गर्दा रातीमा निद्रा लाग्दैन भने निदाए पनि बेलाबेला निद्रा खुल्छ।
खराब खानपान र ढिलो खाना खानु
मानिसले खानपानलाई नियमित नबनाए रातीमा निद्रा नलाग्न सक्छ। रातीमा माछामासुजस्ता प्रोटिनयुक्त खाना खाँदा पनि पाचनप्रक्रिया गडबड भई रातीमा निद्रा नलाग्न सक्छ।
गलत समय काम
रातीमा धेरै बेर काम गरे शरीरमा एड्रेनेलिन हार्मोन बढ्छ भने शरीरलाई रिल्याक्स हुन समय लाग्ने हुँदा निद्रा नलाग्न सक्छ।
सुत्ने कोठा धेरै र थोरै उज्यालो
सुन्ते कोठा धेरै उज्यालो र र थोरै उज्यालो छ भने पनि रातीमा निद्रा नआउन सक्छ। अतः सुत्ने ठाउँ वा बिस्तरा धेरै उज्यालो र थोरै अँध्यारो भए दिमागलाई सही संकेत मिल्दैन र निद्रामा उल्झन ल्याउँछ।
निद्रासम्बन्धी रोग
राती सुतेका बेला डराउने सपना देख्ने, सुतेका बेला हिँड्ने रेस्टलेस लेग सिन्ड्रोमजस्ता समस्या हुन्। यी कारणले पनि रातीमा निद्रा लाग्दैन।
औषधीको साइड इफेक्ट
एन्टी–डिप्रेसेन्ट्स, एलर्जी र ब्लड प्रेसरका बिरामीले नियमित औषधी सेवन गर्दा पनि निद्रा डिस्टर्व हुन्छ। औषधी नखाए स्वास्थ्य बिग्रने र खाए यी रोगका बिरामीलाई निद्रा नलाग्ने समस्या हुन्छ।
अतः रातीमा बिस्तरामा पल्टनासाथ निदाउन दैनिक जीवनमा बितिरहेका स्वास्थ्य, आर्थिक, मानसिकलगायतका समस्यालाई सामान्य रुपमा लिन सके राती निद्रा नलाग्ने रोगबाट मुक्ति पाउन सकिने स्वास्थ्य तथा मनोविद् सुझाउँछन्।–दैनिक भाष्करबाट साभार