आहा ! कस्ताे खुलेकाे काठमाडौंकाे मौसम(फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ कात्तिक १६, आइतबार ,११:२७:AM  
आहा ! कस्ताे खुलेकाे काठमाडौंकाे मौसम(फाेटाे फिचर)

काठमाडाैं । न एकदम जाडो न त धेरै गर्मी । छ्याङ्ग खुलेको मौसम । नीलो आकाश । पारिलो घाम । यो शरद ऋतुको विशेषता नै हो । त्यसैले यस ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने गरिन्छ ।

हिन्दु नेपालीको महान पर्व दसैं सकिएको छ । तिहार आउँदैछ । यतिबेला काठमाडौँ उपत्यकामा जाडो पनि बढ्दै गइरहेको छ । काठमाडौंका उपत्यकाको वातावरण र मौसम खुलेको छ । 

अहिले उपत्यकाका विभिन्न स्थान तथा केही अग्ला डाँडाबाट नै सहजै रुपमा हिमाल देख्न पाइन्छ ।  जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे हिमालहरु हामी देख्न पाउँछौँ । निकै घमाइलो मौसम भएको यस समयमा मानिसहरु हिमाल हेरि दंग भएको देखिन्छ । सहजै देखिने हिमालसँग तस्विर खिचाउन र दृश्य कैद गर्न मानिसहरु मोबाइल र क्यामेराको प्रयोग गरिएको पाइन्छ ।

सायद कोरोना भाइरसको कारण लामो समयसम्म लागू गरिएको लकडाउन र मानिस तथा सवारीको चहलपहलमा आएको कमी कारण काठमाडौँको आकाश पनि पहिलेको तुलनामा धेरै खुल्ला रुपमा हिमाल देख्न पाइएको छ ।

महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सने गरेका छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available. 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top