तिहारका लागि माटाका पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ कात्तिक १९, बुधबार,११:४०:AM  
तिहारका लागि माटाका पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय(फोटो फिचर)

काठमाडौं ।  उज्यालोको पर्व तिहार नजिकिँदै छ । तिहारमा घरमा बत्ती बालेर झिलिमिली बनाइन्छ । घर झिलिमिली पार्न विजुलीका अनेक प्रकारका बत्तीहरु आए पनि माटाका पालाको महत्व घटेको छैन ।

त्यसैले त भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त छन । कोरोना भाइरसको महामारीका कारण पाला बनाउने काम प्रभावित भएको छ ।

वर्षेनी तिहारका दिन अरुका घर उज्यालो पार्न अहिले उनीहरु दिनरात नभनी माटोको पाला बनाउनका लागि खटिन पर्ने उनी कोरोनाका कारण अर्डर नआएको बताउँछन् ।

बर्षेनी लाखौँको संख्यामा पाला बनाउने गरेको तर यस बर्ष कोरोनाका कारण व्यापार र काम दुवै प्रभावित भएको माटाका पाला बनाउँदै आएका बुद्धराम प्रजापतिले बताए । 

माटोको पाला तिहारबाहेक अरुबेला विभिन्न शुभकार्यमा समेत प्रयोग हुन्छ । तर, विशेषगरी तिहारमा यसको माग हृवात्तै बढ्ने भए पनि यसपालि पहिलेको जस्तो नरहेको उनी बताउछन् । लक्ष्मी पुजाका दिन मैनबत्ती बाल्नेहरु पनि छन् । तर, बजारमा पाला खोजी गर्नेहरुको कमी छैन ।

बिशेषगरी भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुर थिमि नगरको नगदेश, बोडे, चपाचो लगायतका स्थानका प्रजापति समुदाय यस्ता भाँडा बनाउने गर्दछन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top