सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, प्रतितोला ९५ हजार २०० रुपैयाँ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २८, शुक्रबार,०१:०४:PM  
सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, प्रतितोला ९५ हजार २०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ५०० रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top