रसुवागढी आयोजनाको काम जारी, असारसम्म १११ मेगावाट बिजुली उत्पादन हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक ३०, आइतबार ,०६:१५:PM  
रसुवागढी आयोजनाको काम जारी, असारसम्म १११ मेगावाट बिजुली उत्पादन हुने 

काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत्  आयोजनाको काम सामाजिक दूरी कायम गराई  जारी राखिएको छ । 

विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको छ । आयोजनाको ४ हजार १८५  मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको जनाएको छ ।

प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट आगामी असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी  गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले  जानकारी दिए । 

आयोजनाको निर्माणस्थलमा  २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत  छन् ।   कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार  भने ल्याउन सकेको छैन्  ।

सिभिल कामको समग्र  प्रगति ७८ प्रतिशत पूरा  भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित  भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।

 कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको  कम्पनीले   भूमिगत संरचनाबाट निर्माण भइरहेको  आयोजनामा  विद्युत्गृहको पानी बाहिर पठाउने ३४ मिटर  टेलरेस सुरूङ छेड्न  र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ ।  आयोजना बनाउन  १३ अर्ब ६४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । २०७६ फागुनमा आयोजनाको काम सक्ने लक्ष्य लिइएको थियो ।  आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न  प्राविधिकले बताएका छन् ।

आयोजनाबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजना नेपाल चीन सीमा नजिक टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top