काठमाडौं । उखुको भुक्तानी दिलाउन गरेको सम्झौता सरकारले एक वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै दोस्रोपटक उखु किसान काठमाडौंमा आएर आन्दोलन सुरु गरेका छन् ।
गत वर्षको पुसमा काठमाडौंमा आन्दोलन गरेका सर्लाहीका किसान दोस्रो पटक काठमाडौंमा आएर आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले आइतबार अर्थात आजदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । एक वर्ष अगाडि काठमाडौंको जाडोयाममा तीन साता आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो।
वर्षौँदेखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन्।
उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन्।
हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन्। तर उखु कृषकको समस्या जस्ताको तस्तै रहने गरेको छ ।
किसानले उखु उत्पादन गरेर बिक्री गरेबापत त्यसको मूल्य पाउन आन्दोलन नै गर्नुपर्ने बाध्यता छ । साँच्चीकै उखु किसानले आफ्नो पसिनाको मूल्य सडकमै आएर माग्नुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ ? भन्ने सरकारमाथि गम्भीर प्रश्न उब्जिएको छ ।
थप
expand_moreकम
expand_less