पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ ।
बाजागाजासहित र्यालीमा सहभागीहरु मूल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गर्दा केही समय धकेलाधकेल भएको थियो ।
र्यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन् । तर प्रहरीले रोक्न खोजेको छ ।
थप
expand_moreकम
expand_less