काठमाडौं। उद्योगपति शेखर गोल्छा र रञ्जित आचार्यको लगानीमा बनेको चलचित्र ‘परान’ आगामी कार्तिक १४ गतेदेखि रिलिज हुने भएको छ। शनिबार चलचित्र ‘परान’को ट्रेलर काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ।
हास्य कलाकारबाट निर्देशक बनेका दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको फिल्म ‘परान’मा पारिवारिक संवेदनालाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ।
फिल्मको ट्रेलरमा जेष्ठ अभिनेता नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको सिनेमाटोग्राफी शिवराम श्रेष्ठले गरेका छन्। मित्र डी. गुरुङको सम्पादन गरेको चलचित्रमा गगन थापा मगरको भावनात्मक ब्याकग्राउन्ड स्कोर प्रस्तुती रहेको छ।
नेपाली उद्योग क्षेत्रमा ख्याति प्राप्त गोल्छा समूह र प्रिज्मा एड्भर्टाइजिङको सहकार्यमा निर्माण गरिएको ‘परान’ शेखरको फिल्म निर्माणमा डेब्यू हो।
‘सासले हैन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहित आउन लागेको ‘परान’ कात्तिक १४ गते देशभर प्रदर्शनमा आउने छ।