सुनको मूल्य ६ सय बढ्यो, प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,११:४५:AM  
सुनको मूल्य ६ सय बढ्यो, प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ।  सोमबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top