काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा साढे १५ गुणा बढी आवेदन परेको छ । अन्तिम दिन मंगलबारसम्म २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
बिक्री प्रवन्धकका अनुसार मंगलबार साँझ ५ बजेसम्म १२ लाख ५१ हजार १० जना लगानीकर्ताले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको १७.५३ गुणा बढी हो ।
चन्द्रागिरीले पुस २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो ।
थप
expand_moreकम
expand_less