अष्ट्रेलियाको प्रविधि सिकेर नेपालमा साइलेज उत्पादन गर्दै राम केसी, ५ करोड लगानी

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७७ माघ ९, शुक्रबार,०३:०९:PM  
अष्ट्रेलियाको प्रविधि सिकेर नेपालमा साइलेज उत्पादन गर्दै राम केसी, ५ करोड लगानी

काठमाडौं । नेपालमा कामको सम्भावना नदेखेर बर्सेनि युवा जनशक्ति बिदेसिन बाध्य छन् । कारण, उनीहरूसँग ज्ञान, सीप र प्रविधि नहुनु हो । स्वदेशमा गर्नुपर्ने कुनै काम विदेशमा गर्न नेपालीमा कुनै हिच्किचावट हुँदैन । तर, नेपालमा त्यही काम गर्दैनन् । विदेशमा आकर्षक सुविधासहित तलब देखेर बिदेसिनेहरू नेपाल फर्केपछि के गर्ने भनेर सोच्न बाध्य हुन्छन् ।

विदेशबाट फर्केपछि कतै स्वदेशमा बेरोजगार त भइने होइन भन्ने शंका पक्कै हुन्छ । केही व्यक्ति फेरि बिदेसिन्छन् । केही व्यक्ति विदेशमा सिकेको सीप र अनुभव संगालेर नेपालमै केही गर्नुपर्छ भनेर लाग्छन् । विदेशमा सँगालेको अनुभव र लगानी नेपालकै केही गर्नुपर्छ भनेर कृषिमा लगानी गर्छन्, त्यस्तै मध्येका एक हुन्, चितवनका राम केसी ।

एक छिमेकीको चौपाया अर्को छिमेकीको कम्पाउन्डमा गयो भने ढुंगाले होइन्, स्याउ टिपेर हान्ने चलन रहेको उनी सम्झन्छन् । ‘कुनै छिमेकीले आफ्नो कम्पाउन्डमा चौपाया गयो भने पनि ढुंगाले होइन स्याउले हान्ने चलन रहेछ,’ ‘त्यो देखेपछि मैले धैर्य गर्नुस् भनेर भने ।

आठ वर्ष अष्ट्रेलियामा बसेर फर्केका केसीले त्यहाँ सिकेकोे अनुभवलाई स्वदेशमा पनि गर्न सकिन्छ भनेर लागि परेका छन् । खासगरी, उनले अष्ट्रेलियमा ‘क्याटलफार्म’ अर्थात गाईपालन कम्पनीमा काम गरे । 

उनले काम गर्ने कम्पनीले ५० हजार एकड जमिनमा घाँस(साइलेज) खेती गरेको थियो । त्यो घाँस दुबईको अलमराई कम्पनीमा पठाउँथ्यो । त्यो कम्पनीमा ८ वर्ष काम गर्दा उनले साइलेज के हो ? कसरी उत्पादन गर्ने ? कति जग्गा चाहिन्छ ? साइलेजले कसरी उत्पादन बढाउन सकिन्छ ? भनेर अध्ययनसमेत गरे ।

२०६९ सालमा अष्ट्रेलियाबाट फर्केका केसीले विदेशमा सँगालेको अनुभव र सीपले केही गर्नुपर्छ भनेर जग्गा व्यवस्थापन र नीतिका बारेमा अध्ययन गरे । उनलाई कृषि जमिन, कृषि नीति र कृषिमा यान्त्रीकरण आवश्यक हुन्छ भन्ने लाग्यो । उनले जग्गा र नीतिको बारेमा अध्ययन तथा बुझ्न थाले । कृषि, भूमि तथा वन मन्त्रालयका सम्पूर्ण किताबहरू पढेँ । जग्गा कसरी वितरण गर्न मिल्छ ? र, कसरी लिजमा दिन मिल्छ ? भनेर उनी निरन्तर अध्ययनमा लागिरहेँ । त्यसबेला जग्गाको करार वा लिजको ऐन थिएन ।

१०० बिघा जमिनमा साइलेज उत्पादन सुरु

वि.सं २०७४ सालसम्म उनले कृषि, भूमि र वन लगायतका क्षेत्रका बारेमा अध्ययन गरे । उनको अध्ययनअनुसार, वार्षिक २८ अर्बको मासु, साढे ४ अर्बको दूध, र ४२.८२ अर्ब रुपैयाँ बराबरको फलफूलको खपत हुँदोरहेछ । 

No description available.

कृषिप्रधान देशमा खर्बौं रुपैयाँको सामान आयात हुँदा ठूलो रकम विदेश जाने रहेछ । यदि, हामीले त्यस क्षेत्रका केही गर्न सक्यौं भने बिदेसिने पैसा नेपालमै रहने रहेछ । किन नगर्ने त भनेर उनी लागेँ । 

मासु र दूधबापत वार्षिक ३२ अर्ब रुपैयाँको माग व्यवस्थापन स्वदेशमै गर्न सक्यांै भने मुलुक पनि आर्थिक दृष्टिकोणले माथि जान्छ । युवा जनशक्ति पनि पलायन हुनुपर्दैन भनेर लागेको उनको कथन छ ।

त्यसअनुसार, उनले ५ सय बिघा जमिनमा घाँस वा साइलेज उत्पादन गर्ने बृहत् योजना अघि बढाए । त्यसका लागि मुख्य समस्या जमिन व्यवस्थापन थियो । उनी ठूलो क्षेत्रफलको जग्गा व्यवस्थापन गर्न धेरैतिर धाए तर, पाएनन् । चितवनको माडीदेखि ठोरी जाने हुलाकी राजमार्ग दायाँबायाँतर्फ जग्गा लिजमा लिए । 

करिब ५ सय बिघा जमिनको सम्झौता भएकोमा उनले अहिले सय बिघा जमिनमा साइलेज उत्पादन सुरु गरिसकेका छन् । त्यसका लागि झन्डै २ करोड रुपैयाँ लगानी गरिसकेको उनको भनाइ छ । ‘ठूलो क्षेत्रफलको जमिन खोज्दा धेरैले पागल भने’

मुख्य कुरा, ठूलो क्षेत्रफलको जग्गा जमिन व्यवस्थापनमै चुनौती रहेको उनको भनाइ छ । ५ सय बिघा जमिन चाहियोभन्दा उनलाई धेरैले पागलकै संज्ञा दिए । ‘५ बिघा जमिनमा काम गर्न नसकेर मान्छे विदेश गइरहेको छ । मैले ५ सय बिघा जमिन चाहियोभन्दा मलाई पागल भन्ने नै भएँ । मैले त्यो कुरा पनि ‘फेस’ गरेँ,’ उनले भने, ‘तर, नेपालीले व्यवहारमै नदेखेसम्म विश्वास गर्दा रहेनछ भनेर १ सय बिघामा साइलेज उत्पादन नै सुरु गरिसकेको छु ।’ 

जग्गा व्यवस्थापन र आयोजना अघि बढाउन निकुञ्ज क्षेत्र र स्थानीय सरकारबाट सहयोग पाएको उनी बताउँछन् ।  अहिले १५०० हेक्टरको जमिनका लागि मेसिनको ‘स्टिमेट’ भइसकेको र कम्प्याट, ट्याक्टर, लगायतका मेसिन आइसकेको उनले जानकारी दिए ।

उनले प्रतिघण्टा ३० टन घाँस उत्पादन गर्ने ‘कम्प्याट’ मेसिन युरोपबाट अर्डर गरे पनि कोरोना महामारीका कारण आउन पाएको छैन । उनले १ सय बिघा जमिनमा साइलेज उत्पादन गर्न केही मेसिन र उपकरण  भारतबाट ल्याएर काम सुरु गरिसकेका छन् ।

वार्षिक २३ हजार टन घाँस उत्पादनको योजना 

५ सय बिघा जमिनमा कम्तीमा वार्षिक २३ हजार मेट्रिक टन घाँस उत्पादन गर्ने ‘प्रोजेक्ट’ को योजना रहेको केसी सुनाउँछन् । उनका अनुसार, करिब २ हजार ४ सय वटा गाईले पराल खानु पर्दैन । उत्पादित घाँसले नै पुग्ने उनको भनाइ छ । किसानका २ हजार ४ सय गाईले खाने घाँसको जिम्मेवारी आफैंले लिने उनको भनाइ छ ।

‘कम्तीमा ५ सय बिघा जमिनमा वार्षिक २३ हजार टन साइलेज उत्पादन हुन्छ । त्यो भनेको २ हजार ४ सय गाईले पराल खानु पर्दैन । ती गाई फार्मको घाँसको जिम्मा मैले नै लिनेछु,’ उनी भन्छन्, ‘यसले दूध उत्पादन बढ्ने छ र, देशको आर्थिक वृद्धि हुनेछ ।’ 

साइलेज खाँदा बढ्यो दूध उत्पादन

विदेशमा जस्तै नेपालमा पनि होलिस्ट्रोन गाई हुने भएकाले साइलेज खाएपछि दूधको फ्याट र उत्पादन बढ्ने केसीले बताए । ‘नेपालमा पनि होलिस्ट्रोन गाई हो । विदेशमा भएको गाई पनि त्यही नै हो । तर, विदेशमा साइलेज खाएर गाईले प्रतिदिन ३० लिटर दूध दिन्छ । नेपालमा घाँस वा पराल खुवाएर मुस्किलले ८÷१० लिटर मात्रै दूध दिन्छ । हामीले ८ लिटरको दूधबाट यथावत् बस्ने कि बढाउने उपाय खोज्ने ?’ उनले प्रश्न गर्दै भन्छन्, ‘यसमा सरकार पनि गम्भीर हुनु जरुरी छ ।’ 

उनले विदेशमा अध्ययन गरेर नभई अनुभव गरेर आएकाले साइलेज उत्पादनमा लागेको बताउँछन् । विदेशमा साइलेजसम्बन्धी अध्ययन गरेर विद्यावारिधी गरेर आएका मान्छे भए पनि त्यो गर्न नचाहेको उनको भनाइ छ ।

उनका अनुसार, गाईलाई पराल खुवाउँदा ३ प्रतिशत फ्याट थियो । जब, साइलेस खुवाउन थालेपछि फ्याट साढे ६ प्रतिशतमा पुगेको र दूधको गुणस्तर पनि बढेको छ । ‘साथीहरूले मेरो विज्ञापन गर्नुभएको छ’ । जब उनी विदेशमा नेपालमा फर्के । त्यसपछि विभिन्न कार्यक्रम, गोष्ठीहरूमा ‘साइलेज’को महत्वका बारेमा व्याख्या गर्दै र बोल्दै हिँडे ।

त्यसपछि कतिपय किसानहरूले युट्युबमा हेरेर भारतबाट ५०/१०० किलोको मेसिन ल्याएर साइलेज बनाउन थालेको उनी बताउँछन् । ‘जब म विदेशबाट फर्के, त्यसपछि विभिन्न कार्यक्रम र गोष्ठीमा साइलेजको महत्व बुझाउँदै हिँडे । त्यसपछि किसान साथीहरूले युट्युबमा हेरेर भारतबाट ५०÷१०० किलोको मेसिन ल्याएर साइलेज बनाउन थाल्नुभएको छ,’ उनले भने, ‘मेरो विज्ञापन उहाँहरूले गर्नुभएको छ ।’ सानो क्षमताको मेसिन र सानो जग्गामा साइलेज उत्पादन गर्दा राम्रो गुणस्तर नहुने उनको भनाइ छ ।

नेपालका ४० जिल्लासहित भारतमा पनि साइलेज बेच्ने योजना  

अहिले अधिकांश दूधको उत्पादन परालमुखी छ । उनले भने परालको मूल्यभन्दा सस्तोमा साइलेज उपलब्ध गराउनेछ । उनले विभिन्न ४० जिल्लामा साइलेज पुर्याउने योजना रहेको बताए । ती जिल्लाबाट साइलेजको माग आएको उनी बताउँछन् । 

अहिले पराल किलोको ११ रुपैयाँदेखि ‘अफसिजन’मा २१ रुपैयाँसम्म पर्छ । तर, साइलेज १० देखि १२ रुपैयाँसम्ममा वर्षभरि उपलब्ध गराइने उनले बताए । उनकोमा ५० वटा गाईका फार्महरूको किसानहरूलाई साइलेजको माग छ । 

उनले नेपालमा उत्पादन हुने साइलेज भारत पनि बेच्ने योजना बनाएका छन् । उनले दुई वर्षअघि पञ्जावबाट  सय टन साइलेज ल्याएर भैरहवा र चितवनका किसानलाई बाँडेका थिए । अहिले चितवनको माडीमा उनले आफ्नै लगानीमा घाँस उत्पादन सुरु गरिसकेका छन् ।

अहिलेसम्म झन्डै साढे ५ करोड रुपैयाँ लगानी भइसकेको उनले बताए । त्यो लगानी उनी आफैँले जुटाएका हुन् । उनले अष्ट्रेलियमा वार्षिक डेढ लाख डलर मासिक रूपमा कमाई गर्दै आएका थिए । त्यो छाडेर उनी नेपालमै केही गर्नुपर्छ भनेर भविष्य खोजिरहेका छन् । 

अहिले नेपालका व्यापारीहरू घाँस बेचेर के पैसा कमिन्छ भन्छन र ? पानी बेचेर पनि पैसा कमाइन्छ र ? भन्छन् । तर, यहाँ पानी व्यापारीको सिन्डिकेट छ । र, मेलम्ची आउन दिएका छैनन् उनले ब्यङ्ग्य गर्दै भने ।

‘जबसम्म मेरो उत्पादन बजारमा जाँदैन, त्यतिबेलासम्म निराश नभई काम गर्नुछ । तर, बजारमा जाने बित्तिकै निराश हुने अवस्था हुँदैन,’ उनले भने, ‘अहिले कतिपयले यसले साँच्चिकै गर्छ कि भनेर नतमस्तक छन् ।’ 

उनका अनुसार, सर्लाही लगायतका तराईका जिल्लाबाट काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्रै मासिक १९ करोड रुपैयाँको पराल आउने गर्छ । 

साइलेज कसरी उत्पादन गर्ने ?

साइलेज चौपायाका लागि अत्यन्त महत्वपूर्ण घाँस हो ।  मकै र घाँसको बीउ एकैचोटी छर्नुपर्ने हुन्छ । न्यूनतम २० बिघामा मेसिनकै सहायताले घाँस छर्ने र तयार भएपछि काट्न सकिन्छ ।

‘वान टाइम, वान हार्भेस्ट’ अनुसार एकैचोटी मकै छर्ने वा लगाउने र काट्ने गर्नुपर्ने हुन्छ । मकै हो भने काटेपछि सिधैं प्याक गरे हुन्छ  । तर, घाँसको हकमा, वनस्पतिमा ८५ प्रतिशत पानीलाई सुकाएर ३५ सम्ममा झारेपछि सो घाँसलाई मेसिनमा लगेर रोल गर्ने र प्याकिङ गर्ने काम हुन्छ । प्लास्टिकले र्यापिङ गरेर मात्र साइलेज तयार हुन्छ । अधिकांश साइलेज मकैको हुनेछ । 

No description available.

उनले कृषिमा गर्ने लगानीलाई जोखिम मान्दैनन् । विदेशमा गाई, भैंसीपालनमा बैंकबाट कर्जा लिँदा धितो माग्दैन । तर, यहाँ धितो राख्नुपर्छ । 
कृषिमा सरकारले लगानी नगरेसम्म न मुलुकको आर्थिक वृद्धि हुन्छ, न त समृद्धि नै आउँछ । नेपालको सन्दर्भमा कृषिमा लगानी निकै कम र त्यो पनि नेता र बिचौलियाकै हातमा हुने उनी बताउँछन् । 

अरूले सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्लान, धितो नराखी कर्जा लिन सहयोग गरे हुन्थ्यो भन्लान तर, मैले भने हरेक प्रोजेक्ट सरकारले नीति बनाइदिनुपर्याे । यान्त्रीकरण नीति पनि बनाउनुपर्याे । 

नेपाली स्याउ ढाका पुर्याएको कहानी

उनले सुरुदेखि नै कमर्सका विद्यार्थी भए पनि उच्च माध्यमिक तहमा कृषि विषय पढेँ । उनीले काठमाडौं आएर शंकरदेव क्याम्पसमा आएर पढेँ । वि.सं २०५१ सालतिर कालीमाटी तरकारी बजारमा होलसेलको व्यापार सुरु गरे । त्यसपछि उनी चीनबाट फलफूलजन्य सामान ल्याएर भारत सप्लाई गर्न थाले । उनले सुन्तला, स्याउ, अनार, अङ्गुर जस्ता फलफूल चीनबाट आयात गरेर केही नेपाल र भारत पठाउँथे । कृषिमा सम्भावना हुँदाहुँदै पनि आयातित वस्तुले किन बजार ओगट्यो भन्ने विश्लेषण उनले गरेको थिए । 

धेरै कृषिजन्य वस्तुहरू नेपालले आयात गर्ने र पैसा बाहिर जाने गथ्र्यो । त्यतिबेला पनि कृषिजन्य वस्तुमा नेपाल भारतसँग भर पर्नुपर्ने अवस्था थियो । यो देखेपछि उनले सुन्तला र स्याउको व्यापारमा लागे । २०५५/०५६ सालमा चीनबाट स्याउ आयात गरेर ल्याए । त्यतिबेला जनयुद्ध थियो, भारतबाट स्याउ आयात बन्द भएको अवस्था थियो ।

त्यतिबेला उनको व्यापार फस्टायो । सय केजीको चामलको जुटको बोरामा पैसा जम्मा गरेर ठमेलबाट ट्याक्सी अर्डर गरी आफैंले पैसा चीन पठाएको केसी सम्झन्छन् । मोटो रकम बोकेर चीन लैजाने बाध्यता किन भयो, के नेपालमा केही पनि उत्पादन हुँदैन त भन्ने प्रश्न उनका मनमा थियो ।
तर, नेपाल केही क्षेत्रमा स्याउ र सुन्तलाले बजार नपाएको पनि उनले सुन्दै आएका थिए । त्यसपछि उनले नेपालको सुन्तला र स्याउलाई प्रवद्र्धन गर्न लागे ।

No description available.

उनका नेपाली सेनामा कार्यरत साथी मदन केसीको सहयोग सुन्तला र स्याउको उत्पादन र बजारको अवस्था बुझ्न उनी मुस्ताङ र जुम्लामा हेलिकप्टरमार्फत गए । मुस्ताङमा पुग्दा त्यहाँका किसानले सबै स्याउको बोट काटेको उनले देखे । किनभने, त्यहाँ १/२ किलोमा पनि स्याउको बिक्री थिएन, बजार थिएन । 

एक छिमेकीको चौपाया अर्को छिमेकीको कम्पाउन्डमा गयो भने ढुंगाले होइन्, स्याउ टिपेर हान्ने चलन रहेको उनी सम्झन्छन् । ‘कुनै छिमेकीले आफ्नो कम्पाउन्डमा चौपाया गयो भने पनि ढुंगाले होइन स्याउले हान्ने चलन रहेछ,’ ‘त्यो देखेपछि मैले धैर्य गर्नुस् भनेर भने ।

त्यतिबेला चुटराज गुरुङ फार्म प्रवन्धक हुनुहुन्थ्यो । उहाँले त्यहाँका केही गाविस घुम्ने व्यवस्था गर्नुभयो । दुईवटा घोडा र एक जना मानिसलाई लिएर ८ वटा गाविस घुमेँ । त्यहाँ स्याउ फल्ने क्षेत्र धेरै रहेछ । स्याउ असाध्यै फलेको रहेछ । तर, किसानमा ‘होपलेस’ र नैराश्यता भएको पाएँ ।’ 

त्यहाँ स्याउको बोटका दाउरा जसको धेरै हुन्छ, त्यो धनी भन्ने कल्चर त्यहाँ रहेछ । त्यो देखेपछि उनले फार्म प्रवन्धक, त्यहाँका प्रमुख जिल्ला अधिकारी, किसान र सरोकारवालाहरूलाई समेटेर संयुक्त रूपमा गोष्ठी गरे ।

उनले त्यहाँका किसानलाई स्याउ लैजाने जिम्मा आफ्नो भएको भन्दै निराश नहुनु आग्रह गरे । ‘हेलिकप्टर ल्याएर होस् वा अरू कुनै किसिमले स्याउ लैजाने काम मैले गर्छु स्याउका बोट नकाट्नुस् भन्ने सल्लाह दिएँ । उहाँहरू त्यसमा राजी हुनुभयो । र, अर्को वर्षदेखि मैले स्याउ खरिद गरेर व्यापारतर्फ लागेँ ।’ उनले भने, ‘त्यो स्याउलाई मैले बंगलादेशको ढाकासम्म पुर्याएँ । 

उनले मुस्ताङ र जुम्लाको स्याउलाई काठमाडौंमा ल्याएर ढाकासम्म निर्यात गरे । वि.सं २०५७/०५८ साल जतिबेला नेपालमा द्वन्द्वकाल चर्किंदै थियो ।  

त्यतिबेला, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको एउटा संस्था थियो, कृषि उद्यम केन्द्र । सो केन्द्रले ढाकाबाट व्यापारी ल्याइदियो । र, उसँग सल्लाह गरेर उनी नेपालको व्यापारी बनेर स्याउ र सुन्तला निर्यात गरे । उनले जुम्लाको स्याउलाई नेपालगन्ज र सुर्खेत हुँदै गाडीमा काठमाडौंसम्म ल्याउँथे । जुम्लाको स्याउलाई पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ढाका निर्यात गरेको बताउँछन् । 

‘योजना सुनाउँदा सरकारी कर्मचारीले उडाउँथे’

उनी २०६९ सालमा नेपाल फर्केपछि उनले आफ्नो मिसनलाई रोकेनन । ४/५ वर्ष कृषिमा के गर्न सकिन्छ भनेर अध्ययनमै लागे उनी । 
उनले अष्ट्रेलियामा भएको प्रविधि यो नेपाल हो, अमेरिका वा अष्ट्रेलिया होइन् भन्ने जवाफ फर्काए ।

विदेशबाट फर्केपछि कतै स्वदेशमा बेरोजगार त भइने होइन भन्ने शंका पक्कै हुन्छ । केही व्यक्ति फेरि बिदेसिन्छन् । केही व्यक्ति विदेशमा सिकेको सीप र अनुभव संगालेर नेपालमै केही गर्नुपर्छ भनेर लाग्छन् । विदेशमा सँगालेको अनुभव र लगानी नेपालकै केही गर्नुपर्छ भनेर कृषिमा लगानी गर्छन्, त्यस्तै मध्येका एक हुन्, चितवनका राम केसी ।

उनका मनमा फेरि चिसो पस्यो । विदेशमा काम गर्दै अध्ययन गरेर आएका उनलाई जमिनको कुरा गर्दा सरकारी कर्मचारी उडाउँथे । हामी सहयोग गर्छांै भनेर त्यतिबेला कोही पनि आएनन् । योजना सुनाउँदा उनीहरूले सम्भव छैन भन्ने जवाफ र सुझाव दिने गरेको केसीले सुनाए । तत्कालीन अवस्थामा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाबाट अभिप्रेरित भएको उनी बताउँछन् । बाँस्कोटाले तत्कालीन कृषिसचिव जयमुकुन्द खनालकोमा पठाइदिए उनलाई । 

सचिव खनालले अष्टेलियामा के–के देख्नुभयो ? नेपालमा के–के गर्नुपर्छ ? नेपालका कृषिका त्रुटिहरू के के हुन ? औंल्याएर एउटा निवेदन दिन भने ।

त्यसपछि उनले ९ पेजको प्रतिवेदन लेखेर दिए । प्रतिवेदन बुझाएको पर्सिपल्ट सचिव खनालले उनलाई बेलाए । उनले एक्लैले गर्ने नसक्ने र आफ्नो टिमवर्कले गर्नुपर्ने सुझाव दिए ।

त्यतिमात्र होइन, राष्ट्रिय योजना आयोगले यो कुरालाई सम्बोधन गर्नुपर्छ भनेर सुनाएको केसी बताउँछन् । त्यसपछि, सरकारबाट पाउने सहयोगको आशा मारेको उनी बताउँछन् ।
 

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top