ओरालो लाग्दै नेपाल टेलिकम, ६ महिनामा १६५ करोड घट्यो नाफा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ माघ ३०, शुक्रबार,१२:४२:PM  
ओरालो लाग्दै नेपाल टेलिकम, ६ महिनामा १६५ करोड घट्यो नाफा

काठमाडौं । सरकार स्वामित्वको कम्पनी नेपाल टेलिकमको नाफा ३३.४६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा टेलिकमले ३ अर्ब २८ करोड रुपैयाँ मात्र नाफा गरेको छ । गत वर्षको यसै अवधिमा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुदनाफा गरेको थियो।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा टेलिकमको नाफा १ अर्ब ६५ करोड रुपैयाँ घटेको शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । आम्दानी घटेपछि खुदनाफा कम हुन पुगेको हो। टेलिकमको आम्दानी घट्दै गएको छ । 

यो पनि हेर्नुहोस 
आम्दानी र नाफा घट्दो, ओरालो लागेकै हो नेपाल टेलिकम ? 

समीक्षा अवधिमा टेलिकमको आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँमा झरेको छ। यसले नाफामा असर गरेको हो । टेलिकमको अन्य आम्दानी पनि ३ अर्ब ८८ करोड रुपैयाँबाट घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा टेलिकमको प्रतिसेयर आम्दानी पनि खुम्चिएको छ । गत वर्ष ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा घटेर ४३ रुपैयाँ ८६ पैसामा सिमित भएको छ। टेलिकमको प्रतिसेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ । 

कम्पनीको चुक्तापुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ। पछिल्ला वर्षमा टेलिकमको नाफा घट्दै गएकाले सेयरधनीहरुले पाउने नाफा पनि खुम्चिंदै गएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top