सिभिल बैंककाे ६४ करोडको बोनस सेयर दिने र मर्जरमा जाने प्रस्ताव पारित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ९, आइतबार ,०४:५८:PM  
सिभिल बैंककाे ६४ करोडको बोनस सेयर दिने र मर्जरमा जाने प्रस्ताव पारित

काठमाडौं । सिभिल बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख रुपैयाँ नगद नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ ।

सिभिलले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) मा सहभागी हुने र स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकका ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु छन् । यस्तै ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिलले जनाएको छ । हालसम्म बैंकले ७८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगाी गरेको जानकारी दिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top