भारतले खुलायो ४५ वटा चिनियाँ लगानी, अन्य पाइपलाइनमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन १०, साेमबार,०७:५४:PM  
भारतले खुलायो ४५ वटा चिनियाँ लगानी, अन्य पाइपलाइनमा 

एजेन्सी, न्यूदिल्ली । भारतले चीनबाट आएका ४५ वटा लगानीलाई खुला गरेको छ । यसमा चीनका ग्रेटवाल मोटर कम्पनी र एसएआईसी मोटर कर्पोरेशनलगायत रहेको त्यहाँको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

भारत र चीनबीच सीमा विवाद बढेपछि यी लगानीहरु रोकिएका थिए । २ अर्ब डलर बराबरका १५० वटा लगानी पाइपलाइनमा रहेका छन । यिनले पनि छिट्टै स्वीकृति पाउने रोयटर्सले जनाएको छ । स्वीकृति पाएका ४५ वटा लगानी उत्पादनमूलक भएको र लगानी सुरक्षा सम्बन्धि र संवेदनशील नभएकाले स्वीकृति दिएको बताइएको छ ।

गत वर्ष ग्रेटवालले अमेरिकाको जनरल मोटरको भारतमा रहेको कार प्लान्ट खरिदका लागि स्वीकृति मागेको थियो । यो डिलको मूल्य २५ करोडदेखि ३० करोड डलर अनुमान गरिएको छ । सो प्लान्ट खरिदपछि ग्रेटवालले आगामी केही वर्षभित्र थप १ अर्ब डलर लगानी गर्ने जानकारी दिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top