निफ्रामा खेलः सोमबारसम्म बेच्ने थिएनन्, मंगलबार किन्ने छैनन्

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,११:५०:AM  
 निफ्रामा खेलः सोमबारसम्म बेच्ने थिएनन्, मंगलबार किन्ने छैनन्

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) मंगलबार १० प्रतिशतले मूल्य घटेर पहिलो पटक सर्किट लागेको छ । कारोबार खुलेदेखि निरन्तर १० प्रतिशतले उकालो लागेको बजार सोमबार ६६० रुप्रैयाँसम्म पुगेको थियो ।त्यतिबेलासम्म निफ्राको सेयर खरिद कर्ताको चाप अत्यधिक थियो भने बिक्रीको चाप शुन्य थियो । 

कारोबारको फ्लोरसिटले निफ्राको बिक्रीकर्ता शुन्य देखाइरहँदा धेरैले अझै माथि मूल्य जाने बताउँदै आएका थिए । सामाजिक सञ्जालमा एक हजार रुपैयाँ भन्दा तल सेयर बिक्री गर्नेहरुले आफ्नो सम्पत्ति गुमाएको भनेर हल्ला मचाइरहेका थिए ।तर, मंगलबार भने एकाएक १० प्रतिशतले घटेर ५९४ रुपैयाँमा खुम्चिएको छ । 

मंगलबार ११ः३० मै घटेर सर्किट लाग्दा फ्लोरसिटमा खरिदकर्ता कोही देखिँदैनन् भने बिक्री कर्ताको चाप अत्यधिक देखिन्छ । यसले निफ्राको सेयर कारोबारमा ठूलै समूहको संग्लनता रहेको देखिन्छ । निफ्राको कारोबार सुरु भए देखि नै बिक्रीकर्ता देखिएका थिएनन् ।

खरिदकर्ताको मात्रै चाप थियो । मंगलबार ठिक उल्टो भयो । निफ्राको फागुन २ गतेबाट ३४० रुपैयाँमा कारोबार सुरु भएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेको थियो भने मंगलबार ५५ अंकले घटेर सम्हालिन खोजेको देखिन्छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top