×

सेयर टुक्र्याउन नेपाल लाइफ कम्पनी रजिष्टारमा जाँदै, १४ करोड ३८ लाख कित्ता हुने  

images

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर टुक्र्याउने ( स्प्लिट) प्रक्रिया अघि बढाएको छ । माघ २८ गते सम्पन्न साधारणसभाले  सेयर स्प्लिट गर्ने  प्रस्तावलाइ अनुमोदन गरेपछि कार्यान्वयनका लागि नेपाल लाइफ कम्पनी रजिष्टारमा जान लागेको हो ।

यो साताभित्र कम्पनी रजिष्टारमा सेयर स्प्लिट गर्न प्रवन्धपत्र नियमावली संशोधनका लागि जाने नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले बताए । उनले प्रवन्धपत्र तथा नियमावली संशोधन हुने जानकारी दिए ।

कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति भएपछि नियामक बिमा समिति र नेपाल धितोपत्र बोर्डमा जाने उनले जानकारी दिए । सेयर स्प्लिटको प्रस्ताव पारित भएमा सेयर संख्या दोब्बर बढेर १४ करोड ३८ लाख कित्ता पुग्नेछ । कम्पनीको ३१ प्रतिशत बोनस सूचीकृत भएपछि चुक्तापुँजी बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । 

यो पनि हेर्नुहोस 
सेयर (स्प्लिट) गर्ने नेपाल लाइफ इन्स्योरेन्सको प्रस्ताव साधारणसभाबाट स्वीकृत

यसबाट सेयर संख्या धेरै हुनुका साथै सर्वसाधारणको पहुँच कम्पनीको सेयर पुग्नेछ । यसअघि कम्पनीले सेयरलाई १० मा झार्ने प्रस्ताव गरेको थियो । ५० भन्दा कम गर्न नमिल्ने भएपछि यसलाई अघि बढाएको उनको भनाइ छ ।

नियामकहरुले स्वीकृति दिनसाथ टुक्र्याउने काम अघि बढ्नेछ । अंकित मूल्य घटेर प्रतिकित्ता ५० रुपैयाँ कायम हुनेछ । सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमा सेयर खरिद गरेकोमा यसलाई परिवर्तन गरी ५० रुपैयाँ कायम गर्न लागेको हो । बजार मूल्य भने स्प्लिट हुँदा ठिक आधामा समायोजन हुनेछ ।  

 

मङ्गलबार १८ फागुन २०७७ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया