कृषि हाटबजार एप सञ्चालन, एपमा राखेकाे सामान हेरी मोलमोलाइ गर्न सकिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २२, आइतबार ,०५:१७:PM  
कृषि हाटबजार एप सञ्चालन, एपमा राखेकाे सामान हेरी मोलमोलाइ गर्न सकिने

काठमाडौं । कृषि हाटबजार एप सञ्चालनमा आएको छ। किसान र बिक्रेतालाई प्रत्यक्ष रुपमा जोड्न  याे एप सञ्चालनमा ल्याइएको हो। 

सो एपमा किसानले तरकारीको विवरण, फोटो, मूल्य, स्थान, डेलिभरी सुविधा  राख्छन्। उनीहरुले सामानको मूल्य आफैं तोक्न सक्छन्। 

सो एपमा बिक्रीमा राखेको सामान आवश्यक गुणस्तर हेरी मोलमोलाइ गरेर सिधैँ किसानबाट किन्न सकिन्छ। एपमा आफ्नो सामानको विवरण राखेवापत किसानले कुनै शुल्क तिर्नुपर्दैन। सो एपमा जग्गा भाडामा दिने सूचना पनि राख्न सकिन्छ।

कुन कृषकले के सामान बेच्न राख्यो एप प्रयोगकर्तालाई नोटिफिकेसन जान्छ। एपबाट कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ।

जस्तै जुम्लामा भएको स्याउ कसैले यो एपमा बेच्न राखेमा उक्त सूचना देशभरिका हाटबजार एप प्रयोगकर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ।

एप प्रयोगकर्ताले आफूलाई चाहिएको सामान एपमार्फत माग गर्न सक्छन्। यससँगै एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्छ। 

साे एपबाट बिक्री भएको सामान हटाउन, बिक्रेताको प्रोफाइल बनाउन, कृषिसम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफएममहरू सुन्न र सामाजिक सञ्जालमा सेयर गर्न सकिने लगायत फिचर छन्।

साे एप प्रयोग गरेपछि बिचौलियाले कमिसन खाने समस्या हट्ने अपेक्षा लिइएको छ। उक्त एप निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top