आजदेखि कारोबारमा आउन लागेको ज्योति लाइफको ओपनिङ रेन्ज कति ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०७:२५:AM  
आजदेखि कारोबारमा आउन लागेको ज्योति लाइफको ओपनिङ रेन्ज कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।  

सूचीकृत भएसँगै कम्पनीको सेयर दोस्रो बजारमा बुधबारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । 

 कम्पनीको आईपीअ‍ोमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले सेयर पाएका थिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top