मङ्गलबार, जेठ ४ २०७८ १०:०२ AM

×
images

निर्माणको अन्तिम चरणमा धरहरा, शनिबारदेखि लिफ्ट चढेर २२ तलामा पुग्न सकिने, (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धरहराको वैशाख ११ गते उद्घाटन गरिने भएको छ । अहिले धरहरामा रंगरोगनको कामहरु भइरहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्ने काम सुरु भएको छ ।  धराहरमा लिफ्ट र  भर्याङ दुबैबाट जान सकिनेछ ।

चिनियाँ कम्पनी जिआइइटिसी र नेपाली कम्पनी रमन जेभीले बनाएको सो धरहरा टावर बनाउ ३ अर्ब ८ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको उनले जानकारी दिए । धरहरामा २२ तल्ला रहेको छ ।

गत २०७२ बैंशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भीमसेन थापाले बनाएको धरहरा बिनाश भएको थियो । यसअघि ९ तलेको धरहरा अहिले २२ तलामा निर्माण भएको छ । 

 

प्रतिक्रिया