राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण काठमाडौं–तराई/मधेस द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ । नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य छ। तर, नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको छैन।
अब भने कामले गति लिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। काठमाडाैं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरणअनुसार २०८२ असारसम्म समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ। यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेसनसहित) रहेको छ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा रहेको छ।
प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ।
आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ। जग्गा खरिदका लागि दिइएको पेश्की १ अर्ब ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम ९.८१ करोडसहित २ अर्ब ५७ करोड राजश्व दाखिला गरिएको रकम समावेश भएकाले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रहेको छ।
नमुना सडक बन्दै लेनडाँडा खण्ड
काठमाडौं–तराई/मधेस द्रुतमार्ग अर्थात् फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ। सो खण्डअन्तर्गत ६ वटा पुल, जसकाे कुल लम्बाइ ११०७ मिटर भने २ वटा डबल ट्युब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भइरहेको छ। त्यस्तैगरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ।
सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपरस्ट्रक्चर निर्माणको काम थालिएको छ भने फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भई सवारीसमेत सञ्चालन गरिएको छ।
-1754112000.jpg)
-1754111994.jpg)
-1754111992.jpg)
-1754111988.jpg)
-1754111985.jpg)
-1754111982.jpg)
-1754111979.jpg)
-1754111975.jpg)
-1754111974.jpg)
-1754111969.jpg)
-1754111967.jpg)
-1754111963.jpg)
-1754111962.jpg)
-1754111956.jpg)
-1754111956.jpg)
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी