शनिबार बिहान लाजिम्पाट काठमाडौंको बुकी होटल परिसरमा चहलपहल हुने गर्छ। रेडिसन होटल नजिकैको आँगनमा किसान आफ्ना उत्पादन बिक्रीमा राखिरहेका छन्। कसैको टोकरीमा ताजा सागसब्जी छन्, कसैको टेबुलमा अचार, गुन्द्रुक, धुप, घरेलु मिठाईलगायत छन्।
तिहार नजिकिँदै छ। त्यसैले बजारमा आज ग्राहक बढी देखिन्छन्। यहाँ किनमेल गर्न आएकी सन्ध्या श्रेष्ठ भन्छिन्, ‘तिहारका लागि फूल, अचार र गुन्द्रुक किनें। सबै सामान ताजा र भरपर्दो लागे।’ त्यस्तै राजु अधिकारी भन्छन्, ‘यहाँ किसानसँग सीधै कुरा गर्न पाइन्छ, त्यो कुरा बजारको भन्दा फरक अनुभव हो।’
यो बजारको व्यवस्थापन रैथाने एग्रो प्रोडक्ट्स नेपालले गरेको हो। संस्थाका अध्यक्ष तिलक दाहालका अनुसार बजार २०८० साउन १ देखि सुरु भएको हो। ‘पहिलो बजार दरबारमार्गमा सुरु भयो, त्यसपछि बूढानीलकण्ठ। नागार्जुन स्वीचारटार, टोखाको धापासी हुँदै अहिले लाजिम्पाटमा पाँचौं बजार सञ्चालनमा छ। अब छिट्टै सामाखुसीमा पनि विस्तार गर्ने योजना छ।’
रैथाने कृषि र सीपलाई जोगाएर बजारसँग जोड्ने प्रयास गरेका दाहाल बताउँछन्। उनका अनुसार पाँच स्थानमा कम्तीमा २५० किसान, साना व्यवसायी र उद्यमी सहभागी छन्। ती बजारमा ५५ जिल्लाका करिब ५५० स्थानीय र स्वदेशी उत्पादन उपलब्ध छन्। रैथाने एग्रो प्रोडक्ट्स नेपालले अहिले पाँच स्थानमा यस्ता बजार सञ्चालन गरिरहेको छ।
-1760765245.jpeg)
-1760765277.jpeg)
-1760765275.jpeg)
-1760765273.jpeg)
-1760765273.jpeg)
-1760765275.jpeg)
-1760765276.jpeg)
-1760765277.jpeg)
-1760765274.jpeg)
-1760765276.jpeg)
-1760765274.jpeg)
-1760765272.jpeg)
-1760765272.jpeg)
-1760765273.jpeg)
-1760765273.jpeg)
-1760765245.jpeg)
-1760765271.jpeg)
-1760765271.jpeg)
-1760765270.jpeg)
-1760765269.jpeg)