सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाट पुल भत्किएको वर्षौं बितिसक्यो। २०७४ साउन २८ मा भासिएको पुल २०७८ असोजमा आएको बाढीमा बीच भागको स्पान बगाउँदा सवारी आवागमन ठप्प छ।
भत्किएको पुल कहिले निर्माण हुने हो, निश्चित छैन। पप्पु कन्स्ट्रक्सनले डिजाइनअनुसार पुल निर्माण नगर्दा सो पुल भासिएको हो। सडक विभागअन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययनअनुसार पुल निर्माण कम्पनीले गम्भीर लापर्बाही गरेको देखिएको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदनअनुसार जमिनमुनि १६ मिटरसम्म पाइल राख्नुपर्नेमा ५ मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदनमा उल्लेख छ।
हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो। यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन्।
पप्पु कन्स्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिनुपरेको छ। स्थानीय माघु थारु चौधरीका अनुसार पुल बगाउँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी मारमा परेका छन्।
निर्माण पूरा भएको एक वर्ष नबित्दै पुल भत्कियो। पप्पु कन्स्ट्रक्सनलले २०६८ असार २५ बाट पुल निर्माण सुरु गरेको थियो। तोकिएभन्दा डेढ वर्ष ढिलो निर्माण भएको पुलको लम्बाइ ४३५ मिटर रहेको छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगञ्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।
जब्दीघाटमा स्टिमर सञ्चालनमा छ। स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनुपर्छ। साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन्। स्टिमर सञ्चालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन्। ठेकेदारले खसी, बोका पार गराएसमेत शुल्क लिने गरेको छ।
पुल मर्मत नहुँदा जनतालाई सास्ती भएको भन्दै कांग्रेस सांसद सञ्जय गौतमले २०८० वैशाख ३० बाट रिले अनशन बसेका थिए। सांसद गौतम अनशन बसेको चार दिनपछि जेठ ३ मा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रकार सम्मेलन गरी सोही स्थानमा १० दिनभित्र नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने घोषण गरेका थिए।
ठेक्का आह्वानको घोषणा मात्रै गरेनन्, सांसद गौतमलाई अनशन तोड्न पनि पत्रकार सम्मेलनमार्फत मन्त्री ज्वालाले आग्रह गरे। मन्त्रीको कुरा विश्वास गरेर सांसद गौतमले अनशन पनि तोडे। तर, दुई बर्ष बितिसक्दा पनि ठेक्का आह्वान भएको छैन।
-1762578499.JPG)
-1762578489.JPG)
-1762578488.JPG)
-1762578462.JPG)
-1762578436.JPG)
-1762578435.JPG)
-1762578411.JPG)
-1762578411.JPG)
-1762578388.JPG)
-1762578387.JPG)
-1762578364.JPG)
-1762578363.JPG)
-1762578350.JPG)
-1762578349.JPG)