मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ। हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हालसम्म सम्पन्न गरिएको कार्यअन्तर्गत पुलबाहेक कुल ३८ किमि खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भइसकेको छ भने (३३.२ किमिमा दुईतर्फी कालोपत्रे (चार लेन), ४.८ किमि खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन) ५१.३ किमि (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्भिस लेन कालोपत्रे ५ किमिमा गरिसकिएको छ। त्यस्तै १२ पुल ध्ये ११ वटा सम्पन्न भएका छन् र १०५ कल्भर्ट सम्पन्न भई सकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए।
यो परियोजना २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म छ। तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए। अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ। पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ। १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए।
तनहुँको म्याग्दे, कुम्ले, ठाडे, सम्धि, मूल खोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ। यो खण्डको ठेक्का रकम ७ अर्ब ४० करोड ( भ्याटसमेत) रुपैयाँ छ।
तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ–पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ।
-1766206740.JPG)
-1766206737.JPG)
-1766206735.JPG)
-1766206734.JPG)
-1766206733.JPG)
-1766206731.JPG)
-1766206732.JPG)
-1766206730.JPG)
-1766206729.jpg)
-1766206727.JPG)
-1766206727.JPG)
-1766206725.JPG)
-(1)-1766206725.JPG)
-1766206723.jpg)
-1766206723.jpg)
-1766206721.jpg)
-1766206721.jpg)
-1766206716.jpg)
-1766206716.jpg)
तस्बिरः प्रकाश चन्द तिमिल्सेना