काठमाडौं । मंगलबार आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुसिवु क्षेत्रमा गरेको अनुगमन गरेकाे थियाे ।
अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार र पानी नष्ट गरेको हो ।

व्यापारी भन्दै थिए, ‘हामीले कम्पनीलाई धेरै पटक भनेका हौं । कम्प्लेन छ सुनाएका हौं । तर के गर्नु टेर्दैनन् ।’ चितवन दाजुभाइ टे«डर्सबाट ४७ प्याकेट म्याङ्गो ट््याङ्, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्रि नामका स्यानिटरी प्याड नष्ट गरिएको छ । यी सामानमध्ये ट््याङ् र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो । भएको म्याद पनि अक्षर मेटिने थियो ।

त्यस क्षेत्रमा भएका किराना पसलहरुको अनुगमन गर्दा म्याद गुज्रिएका सामान नहुने कुनै पसल थिएनन् । व्यापारीहरु आफैं भनिरहेका थिए । होलान् त्यस्तै १०÷१५ प्रतिशत म्याद सकिएका सामान । के गर्नु र? लकडाउन छ ।
कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।