काठमाडौं । न्यूनविजीकरण भएर ठूलो परिमाणमा टफन ग्लास भित्रिएको र मूल्य अभिवृद्धि कर (भ्याट) छली भएको प्रमाण भन्सार र आन्तरिक राजस्व विभागलाई अर्थ मन्त्रालयले दिए पनि त्यस्ता कम्पनीमाथि हालसम्म कारबाही हुन सकेको छैन ।
काँचो सिसा र टफल सिसा आयात गर्दा ३० प्रतिशत भन्सार छ । तर, व्यापारीले भन्सारका अधिकृतसँग सेटिङ गराएर टफन ग्लास न्यूनविजीकरणमार्फत भित्र्याएको र यहाँ बिक्री गर्दा भ्याटसमेत छलिएको प्रमाण अर्थका अधिकारीले फेला पारेका थिए । सोही प्रमाण भन्सार विभागका महानिर्देशक सुमन दाहाल र आन्तरिक राजस्व विभागमा महानिर्देशक विनोदबहादुर कुँवरलाई दिइएको थियो ।
यो पनि पढ्नुस् यसरी छल्छन्, टफन सिसाका व्यापारीले भ्याट अर्थले उक्त प्रमाण दिएको झण्डै एक महिना हुन लाग्यो । तर, आजसम्म त्यसरी न्यूनविजीकरणमार्फत सामान भित्र्याउनेलाई कुनै कारबाही भएको छैन । भन्सारका अधिकारीले त्यस्ता कम्पनीलाई कानुनी दायरामा नल्याएकाले स्वदेशमा भएका टफन ग्लास उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
‘अर्थ मन्त्रालयले कर छलीको प्रमाणसहित दिँदा पनि कारबाही हुँदैन्,’ मन्त्रालयका एक अधिकृतले भने, ‘भन्सार तथा आन्तरिक राजस्व विभागका पदाधिकारीले अर्थकै निर्देशन नमान्ने भन्ने कुरा हुन्छ ।’
यो पनि पढ्नुस् कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
मन्त्रालयले कुन–कुन कम्पनीले न्यूनविजीकरण गरेर टफन सिसा भित्र्याइरहेका छन् र त्यसमा कसरी भ्याट छलिएको छ भन्ने प्रमाण दुवैतिरका हाकिमलाई दिइसकेको छ । तर, उनीहरूलाई न कारबाही भएको छ, न भन्सारबाट न्यूनविजीकरण रोकिएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आयातकर्ता कम्पनीमाथि सूक्ष्म रुपमा अध्ययन गर्ने बताए । भ्याट छलेका हुन वा होइनन्, त्यस विषयमा विभागले अध्ययन सुरु गरिरहेको उनको भनाइ छ ।
आल्मुनियमको झ्याल ढोकामा टफल ग्लासलाई मिलाएर ल्याउने र त्यसमा लाग्ने मात्रै भन्सार बुझाउने काम भइरहेको छ । आल्मुनियमको झ्याल ढोका १५ प्रतिशत भन्सारमा भित्रिन्छ । व्यापारी र भन्सार अधिकृतको सेटिङमा सोही भन्सार मूल्याङ्कनमा टफल सिसा पनि भित्रिने गरेको पाइएको हो ।
यो पनि पढ्नुस् यसरी भइरहेको छ टफन ग्लासको तस्करी, भन्सारका कर्मचारीले थाहा नपाएकै हुन ?
काँचो सिसा टफल ग्लासको कच्चा पदार्थ हो । सरकारले तयारी वस्तु र कच्चा पदार्थको भन्सार पनि एउटै बनाएको छ । यहाँ त कच्चा वस्तु ३० प्रतिशत भन्सार तिरेर ल्याउनुपर्छ । तर, तयारी वस्तु १५ प्रतिशत भन्सारमै भित्र्याइरहेका छन् ।
यो पनि पढ्नुस् बारम्बार राजस्व अनुसन्धानको फन्दा परेको श्याम ग्लास पुनः कर छलीमै संलग्न
सकारले बजेटमार्फत कच्चा पदार्थ र तयारी वस्तुको भन्सार एक तह फरक गर्ने घोषणा गरेको छ । तर, टफन र काँचो सिसाको हकमा ठ्याक्कै उल्टो भएको र सोही कारण स्वदेशमा अर्बौं रुपैयाँ लगानी गरेर खोलिएको टफन ग्लास उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरू बताउँछन् ।
काँचो सिसा र टफन सिसा आयात नै फरक–फरक तरिकाबाट गर्नुपर्छ । काँचो सिसा सबै एउटै प्रकारको हुन्छ भने टफन सिसा एउटै साइज र प्रकार हुँदैन । भन्सारका अधिकृतले चाहने हो भने हेर्ने बित्तिकै टफन ग्लास हो वा होइन भन्ने राम्रोसँग छुट्याउन सक्छन् ।