काठमाडौं । आल्मुनियमको झ्याल ढोकाका फ्रेममा मिलाएर टफन ग्लास (सिसा) चोरी पैठारी हुने गरेको खुलेको छ । सरकारले आल्मुनियमको भन्सार १५ प्रतिशत कायम गरेपछि व्यापारीले त्यति भन्सारमा टफन ग्लास भित्र्याइएको खुलेको हो ।
सरकारले साफ्टा अन्तर्गत आल्मुनियमका झ्याल ढोका ल्याउँदा ७.२५ प्रतिशत भन्सार तय गरेको छ । यस्तै, अन्य मुलुकबाट ल्याउँदा १५ प्रतिशत तोकेको छ । व्यापारीले चलाखी गर्दै आल्मुनियमको फ्रेममा टफन मिलाएर ल्याउने गरेका छन् ।
जबकी, टफन ग्लास आयात गर्दा ३० प्रतिशत भन्सार तिर्नुपर्छ । यसरी आल्मुनियमको झ्याल ढोकामा राखेर ल्याउँदा टफनको एक रुपैयाँ पनि भन्सार तिर्नु परेन ।
यसरी छल्छन्, टफन सिसाका व्यापारीले भ्याट
टफनको छुटै भन्सार र आल्मुनियमको छुटै भन्सार लाग्नुपर्ने हो । तर, व्यापारीले जे भन्छन्, भन्सारले त्यसैलाई मान्यता दिँदा टफन ग्लासमा ठूलो मात्रामा भन्सार छली भइरहेको छ ।
भन्सार विभागका अनुसार साफ्टाअन्तर्गत आल्मुनियमका झ्याल ढोका ल्याउँदा ७.२५ प्रतिशत र अन्य मुलुकबाट ल्याउँदा १५ प्रतिशत भन्सार तिर्नपर्छ । त्यसैगरी टफन ग्लास ल्याउँदा ३० प्रतिशत भन्सार लाग्छ । तर, व्यापारीहरुले अहिले जम्मा १५ र ७ प्रतिशतमा टफनसहित आल्मुनियमका झ्याल ढोका भित्र्याइरहेका छन् ।
कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
आल्मुनियमका झ्याल ढोकाको अर्डरपछि आयातकर्ताले विदेशबाट सामान मगाउने गर्छ । त्यस्ता सामान किन्दा टफन ग्लास र आल्मुनियमको झ्याल ढोकाको फरक फरक मूल्य तिरेको हुन्छ । आयातकर्ताले अर्डर दिने पाटीसँग पनि टफन र आल्मुनियमको फरक फरक पैसा लिन्छ । आयातकर्ता व्यापारीले भन्सारमा आल्मुनियमको मात्रै भन्सार दाखिला गर्ने गर्छन् ।
व्यापारीहरुले टफनको भन्सार छलिरहेका छन् । भन्सारका अधिकारीले भन्सारमा आइपुगेका आल्मुनियमका झ्याल ढोकालाई हेर्ने बित्तिकै यो समस्या समाधान हुने देखिन्छ । व्यापारीले भनेको कुरालाई विश्वास गर्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ ।
एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्वदेशमा भएका टफन ग्लास उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । ३० प्रतिशत तिरेर ल्याउनुपर्ने टफन ग्लास निःशुल्क भन्सारबाट छिरेपछि नेपालभित्र रहेका उद्योगले कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?

कानूनी छिद्रको प्रयोग गरेर व्यापारीले देशलाई मारिरहेका छन् । सरकारले आल्मुनियमको झ्याल ढोका ल्याउँदा १५ प्रतिशत भन्सार राखेको हो । यहाँ त्यसलाई दुरुपयोग गरिहँदा पनि भन्सारले कुनै कारबाही गर्न सकेको छैन् ।
आल्मुनियमको झ्याल ढोकामा राखेर ल्याउने खेल त वर्षौदेखि चलिरहेको छ । त्यसबाहेक यदि कसैले टफन ग्लास मात्रै ल्याउँदा पनि कच्चा ग्लासको भन्सार तिरेर नेपाल छिराइरहेको छ । खासगरी चीनबाट आउने टफन ग्लासमा ठूलो मात्रामा न्यूनविजीकरण हुने गरेको छ ।