काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री विरतरण गरेको छ । पछिल्लो समय उपत्यकाभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमितहरूको संख्या बढिरहेको बेला हिमालय एयरलाइन्सले आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको हो ।
एयरलाइन्सले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महांकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामग्री प्रदान गरेर सहयोग गरेको हो ।
एयरलाइन्सका ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले सहिद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पीपीई सेट र १०० थान आरडिटी परीक्षण किट प्रदान गरेका हुन् । त्यसैगरी १०० थान पीपीई सेट र १०० थान आरडिटी परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई दिइएको उल्लेख छ ।
विशेषतः काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायहरूबीच आफ्नो सेवाको पहुँच बढाउने प्रयासअनुरुप एयरलाइन्स्ले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक पर्ने १०० थान पीपीई सेट, १०० थान आरडिटी परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मिलिका) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीहरू मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको जनाएको छ ।
हिमालय एयरलाइन्सका ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रका लागि सहयोग पु¥याउनु, हिमालय सदैव तत्पर रहने बताइन् ।
यसअघि एयरलाइन्सले कोभिड–१९ कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । त्योसँगै आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण÷व्यवस्थापन केन्द्र, गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जस्ता दुर्गम क्षेत्रका संघ–संस्थाहरूलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग पु¥याउने चिकित्सा सामाग्रीहरू उपलब्ध गराएको छ ।