काठमाडौं । एनसेलका ग्राहकले अब बोनस टक टाइमको दैनिक, साप्ताहिक र बम्पर उपहारहरू जित्न सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दसैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरू जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरू हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागू भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहनेछ ।
चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।
यस आकर्षक योजनाको उपहारका रूपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७ सयजना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसङ ग्यालेक्सी नोट २० छन् ।
एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाका बारेमा उत्साह साट्दै भने, “चाडपर्वको सुरुवातसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरूबाट टाढा राखेकाले चाडपर्व अझ विशेष हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरूसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ ।
यही कारणले गर्दा हाम्रा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरूले चाडपर्वलाई थप रमाइलो बनाउनेमा हामी विश्वस्त छौं ।”
यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरूलाई उपहार दिइनेछ । दैनिक उपहारअन्तर्गत ग्राहकले २०० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।
साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकहरूमध्ये सातै प्रदेशका १÷१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् । भने बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।
त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणीकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरूलाई मात्र उपहार हस्तान्तरण गर्नेछ ।