स्मार्ट चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरिद प्रक्रिया अघि बढाएको मास प्रिन्टर अझै आइपुगेको छैन । सरकारले ग्लोबल टेन्डरमार्फत गत वर्ष नै सो उपकरण खरिद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ ।
तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमित रुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत खरिद गर्न लागेको छ । प्रिन्टर चाँडो ल्याएर सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । ‘हामीले अझै पनि सकेसम्म चाँडो प्रिन्टर भित्र्याउन पहल गरिरहेका छौँ,’ उनले भने ।
मास प्रिन्टर आएको झन्डै एक महिनापछि त्यसले नियमित काम शुरु गर्ने विभागले बताएको छ । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने महानिर्देशक दाहालले बताए । मास प्रिन्टरको क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ ।
प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरिद प्रक्रिया अघि बढाएको छ । “कार्ड र प्रिन्टर दुवै चाँडो ल्याएर अहिले भएको ढिलाइ हटाउने हाम्रो उद्देश्य हो,” उनले भने ।
विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेसिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाउन सकेका छनन् । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका छन् ।
सरकारलाई बुझाउनु पर्ने राजस्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।