काठमाडाैं । स्टक ब्रोकर एसाेसिएसन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग भेटघाट गरेको छ ।।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एसाेसिएसनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त भेटमा नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख वद्धि भई दोस्रो बजारको दायरा बढिरहेको बताए ।
लगानीकर्तालाई नयाँ उपकरणमार्फत लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हँुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे ।
त्यस्तै, भेटमा स्टक ब्रोकर एसाेसिएसन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटालगायत अन्यपदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागतबनाउदै लैजान आवश्यक रहेकोले बताए ।
भेटका क्रममा बोर्ड अध्यक्ष् ढुंगाना ले धितोपत्रबजारको प्रतिष्ठा बढाउनुपर्ने र त्यसका लागि एशोसियशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले टीएमएस(त्ःक्)लाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाडै सम्पन्न लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ता मैत्री बजार बनाउनुपर्ने बताए ।
त्यस्तै,मार्जिन कारोवारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखाकार्यालयमार्फत् दोस्रो बजारको पहुँचविस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरिने उनले बताए ।
त्यसका लागि ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशन सम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतकाकार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए । उक्त भेटमा एशोसियशनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।