काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक भएको छ । साउनदेखि असोजसम्म मुक्तिनाथको खुदनाफा २८.५८ प्रतिशतले बढेर २९ करोड ४१ लाख ५९ हजार रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथको खुदनाफा २२ करो ८७ लाख रुपैयाँ थियो । प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा कामना सेवा विकास बैंक भएको छ । यस बैंकको नाफा झण्डै १००० प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमाशमा कामना सेवाको खुदनाफा १ करोड ८६ लाख रुपैयाँ थियो ।
सबैभन्दा बढी नाफा घट्नेमा साइन रेसुगा डेभलपमेन्ट बैंक भएको छ । बैंकको नाफा ७७.३४ प्रतिशतले घटेर २ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा साइनले १२ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
यसैगरी महालक्ष्मी विकास बैंकको खुदनाफा साढे ४९ प्रतिशतले बढेर १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष महाालक्ष्मीको खुदनाफा १० करोड ८६ लाख रुपैयाँ थियो । यस्तै गरिमा विकास बैंकको नाफा ४०.७७ प्रतिशतले घटेर ८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष गरिमानको नाफा १३ करोड ७१ लाख रुपैयाँ थियो ।
साँग्रीला डेभलपमेन्ट बैंकको नाफा ४७ प्रतिशतले घटेर ३ करोड १५ लाख रुपैयाँमा सीमिति भएको छ । गत वर्षको सोही अवधिमा साँग्रीलाको नाफा ५ करोड ९५ लाख रुपैयाँ थियो ।
लुम्बिनी विकास बैंकको नाफा १५ प्रतिशतले बढेर ११ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा लुम्बिनीको नाफा ९ करोड ६७ लाख रुपैयाँ थियो ।
ज्योति विकास बैंकको नाफा पनि घटेको छ । ज्योतिको नाफा ५ प्रतिशत घटेर १३ करोड १५ लाख रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै वितरण योग्य नाफा मुक्तिनाथ विकास बैंकको १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा गरिमा विकास बैंकको वितरण योग्य नाफा ९३ प्रतिशतले घटेर ४२ लाख १९ हजार रुपैयाँमा सीमित भएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
महालक्ष्मी र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । सबैभन्दा धेरै वितरणयोग्य नाफा बढाउनेमा कामना सेवा विकास बैंक रहेको छ ।
बैंक गत वर्ष ९८ लाख ७ हजार ऋणात्मक रहेकोमा अहिले वृद्धि गरी अहिले ७ करोड ४३ लाख रुपैयाँमा पुर्याएको छ । त्यसपछि, ज्योति विकास बैंकको वितरणयोग्य नाफा ४१.९५ प्रतिशतले बढेर ४ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ ५१ पैसा पुगेको छ ।