उच्चरुपले वृद्धि भइरहेको बीमा दावी (इन्स्योरेन्स क्लेम) ले अहिले विश्वभरीका यात्रा बीमा सेवा प्रदायकहरुलाई मारमा पारेको छ । जसले गर्दा कम्पनीहरुको बीमाको कभर प्रदान गर्न सक्ने क्षमतामाथि गम्भिर खतरा ल्याएको छ ।
तीन हप्ताको यात्राका लागि १०० देखि डेढ सय अमेरिकी डलरसम्मको बीमा शुल्क तिर्ने यात्रुहरुका लागि ५ हजार डलरसम्मको हेलिकप्टर उद्धार खर्च तिरिरहेका छन् नेपालका बीमा कम्पनीहरुले । अप्रिल २०१९ मा कम्पनीहरुले १४० हेलिकप्टर उद्धारका लागि पैसा तिरिसकेका छन । जहाँ प्रतिदिन चार ओटाभन्दा धेरै उद्धारको काम हुन्थ्यो ।
सन् २०१४ मा व्यवसायको एक हिस्साको पाँच प्रतिशत दावी नेपाली यात्रुहरुबाट आएको थियो । मात्र तीन वर्षमा यो २५ प्रतिशतले वृद्धि भयो । भर्खरै २०१९ को ट्रेकिङ सिजनमा नेपालमा यात्रा गर्ने पर्यटकको बीमा दावी ६० प्रतिशतसम्म वृद्धि भयो । यसैकारण केही वल्र्ड नेम्याड कस्टमरहरुका लागि बीमा शुल्क नाटकीयरुपमा वृद्धि भएको छ । तर यो मूल्य परिवर्तन अमेरिका, क्यानडा, ब्राजिल, चीन, फिलिपिन्सका बासिन्दा जो पोलिसीहोल्डर हुन् उनीहरुमा लागु हुँदैन ।
नेपाली सेवा प्रदायकहरुले ओभर सर्भिसिङ गरेको र मूल्य बढाएका प्रमाणहरु पाइएका छन् । विभिन्न खोज पत्रकारहरुले यो कुरालाई खोजेर लेखेका छन् । न्यूयोर्क टाइम्सले यस विषयमा लेखेका आर्टिकल पढ्न पाइन्छ । त्यस्ता अनुसन्धानहरुले ट्रेकिङ कम्पनीहरुले विचौलियाको काम गरेको र उनीहरुले बीमा कम्पनीको बिल भएको लागतको ५० प्रतिशत कमिशन संकलन गरेको खुलाएका छन् ।
हेलिकप्टर कम्पनीहरुले पनि दुई देखि तीन घण्टाको फ्लाइटका लागि चार घण्टाको फ्लाइट बिल पेश गर्दै घण्टाको उच्च रेट लिदैँ छन् । अस्पतालहरुले पनि आफूले उपचार नै नगरेका विमारीहरुको नाममा फर्जी उपचार विवरण बनाएको स्वीकार गरेका छन् । उनीहरुले लेक लागेका (एक्यूट माउन्टेन सिक्नेस) का विरामीहरुलाई अनावश्यक उपचार गरेको पनि बताएका छन् ।
अहिले नेपालमा दुई हजारभन्दा धेरै ट्रेकिङ कम्पनीहरु छन् । उनीहरुमाथि धेरै यात्रुहरुलाई चाडो ट्रेक गराउने दबाब छ । जसले एएमएसको विमार वृद्धि गर्न ठूलो भूमिका खेलिरहेको छ ।
अल्टीच्यूट सिक्नेसले मान्छेको तन्दुरुस्तता, स्वास्थ अवस्था केही भन्दैन यसले जोकोहीलाई पनि छुन्छ । अस्वस्थ ट्रेकरको ठूलो संख्या हुनुको अर्थ बीमा दावीको वृद्धि हुनु हो । यहाँ नोट गर्नु पर्ने कुरा के छ भने यात्रुको वृद्धि दरभन्दा पनि एएमएस विमारी यात्रुको संख्या धेरै माथि पुगिसकेको छ ।
यात्रा बीमाले कसरी काम गर्छ ?
अरु बीमा जस्तै हाम्रो ट्रेकिङ इन्स्योरेन्सले पनि प्रिमियमबाट पैसाको भण्डार संकलन गर्छ । यदि बाहिरिने पैसाले आउने पैसाको मात्रालाई नाघयो भने यसले पक्कै पनि पैसाको भण्डारलाई रित्याउँछ ।
नेपालबाट दावी लागत ३ हजार डलर रहेको छ । यसको तुलनामा अमेरिकाको औसत दावी मूल्य १ हजार ६ सय डलर मात्र रहेको छ । जब की अमेरिकामा विश्वकै महंगो उपचार प्रणाली छ ।
हाम्रा लागि विकल्प के छन् ?
१. नेपालको लागि जोखिम बहन गर्ने बीमा योजना बन्द गर्न सक्छौं । केही बीमा सेवा प्रदायकले यस्तै गर्दै पनि आइरहेका छन् । तर हामी त्यस्तो गर्न चाहादैनौं किनभने हामीलाई नेपालको माया छ । तपाईहरु नेपाल माया गर्नुहुन्छ, हामीलाई त्यो कुरा मन पर्छ । नेपालीहरुले नै नेपाली बजारबाट बाहिरिनु राम्रो कुरा होइन । उनीहरुले वर्षभरी धेरै यात्रुहरु भित्राएका छन् । हामी नेपाली बजारमा कायम रहन सबै प्रयास गरिरहेका छौं ।
२ हामी जुनसुकै गन्तव्यका लागि जानेहरुका लागि पनि मूल्य बढाउन सक्छौं । साँच्चै भन्न पर्दा हामीले गर्दै पनि आइरहेका छौं । न्यून बीमा दावी गर्ने गन्तव्यमा जानेहरुको शुल्कले उच्च दावी गन्तव्यको भारलाई थेग्न थोरै हदसम्म सहयोग गर्छ । तर यसलाई निरन्तरता दिन नेपाल जस्तो मुलुक नजाने नोम्याडहरुलाई अन्याय हुन्छ ।
३ यसको विकल्प भनेको नेपालका लागि जाने यात्रुहरुले खर्चको उचित सेयर भूक्तानी गर्नुपर्छ । साथै जोखिमको उच्च भार बहन गर्नुपर्छ । हामीले यो रणनीति विगतमा अपनाएको हो । तर यो पर्याप्त भएन । यसै कारण बीमा शुल्क धेरै बढ्दै गयो । यदि नेपालको अवस्था परिवर्तन भएन भने यो शुल्क अझै बढेर जान सक्छ ।
ट्रेकिङ र हेलिकप्टर कम्पनी र अस्पतालहरुले हामीलाई पठाइरहेको बिललाईलाई प्रमाणित गर्न हामीले भन्दै आइरहेका छौं । फ्लाइटको मेनिफेस्ट र डक्युमेन्टेशन माग गरेको छ । यात्रुहरुलाई हुप्सबाट हाम फाल्न नदिन, र जे चार्ज गरिन्छ त्यो वास्तविक मूल्य हुने बुझाउन भनेको छ
सेवाको निश्चित मूल्य तय गर्नका लागि विश्वासिलो सेवा प्रदायकहरुसँग छलफल गर्ने । अनुसन्धानकर्ताहरुलाई नेपाल पठाएर सेवा प्रदायकहरुसँग अन्तरवार्ता र परामर्श गर्न सेवा प्रदायकहरुसँग राम्ररी छलफल गर्नलाई टोली सदस्य नेपाल पठाउने ।
उद्धार कार्य सुरु गर्न अघि जहाँ सम्भव छ त्यहाँ हामीलाई स्वीकृतिका लागि लागि बोलाउन ट्रेकिङ कम्पनीहरुलाई आग्रह गर्ने । हामीले आग्रह गरेका छौं कि उद्धार कार्य सुरु गर्न अघि हामी यात्रुसँग कुरा गर्न सक्छौं भनेर । यो समस्याको समाधानका लागि नेपाल सरकारसँग काम गर्ने ।
हामी नेपाललाई बहिष्कार गर्ने र नेपालबाट हाम्रो सेवा फिर्ता ल्याउने काम मात्र गर्दै छैनौं । सामुहिक प्रयासले समाधान खोज्छ र त्यो यात्रु, नेपाली जनता, ट्रेकिङ कम्पनी र बीमा कम्पनीहरुका लागि राम्रो हुनेछ भन्ने हामी विश्वास गर्छौं ।