काठमाडौं । पछिल्ला बर्षहरुमा भारतबाट नेपाल भित्रिने लगानी क्रमशः घट्दै गएको पाइएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टसंगको भेटमा यस्तो जानकारी गराएको हो ।
संघकी अध्यक्ष श्री सृजना राणाको नेतृत्वमा, उपाध्यक्षद्वय क्रमशः सुनिल केसी, सैवाल घोष, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, संघका निर्देशक केशबमान सिंह तथा प्रशासकीय अधिकृत मार्शल राठौर सहित गएको प्रतिनिधि मण्डलले
आगामी दिनहरुमा भारतबाट लगानी भित्र्याउन लागि पहल आवश्यक भएको जानकारी गराए । संघले भारतीय लगानीकर्ताहरुलाई लक्षित गरी हरेक बर्ष पालैपालो नेपाल र भारतमा द्विदेशीय ‘नेपाल–ईण्डिया पार्टनरशीप समिट’ आयोजना गर्ने योजना रहेको र त्यसमा प्रमुख साझेदार बन्न प्रस्ताव गरेको छ ।
भारतको दिल्लीमा ‘‘नेपाल ईनोभेसन सेन्टर’को स्थापना गर्ने अर्को योजना रहेको सो अवसरमा जानकारी दिए । सो अवसरमा उपाध्यक्ष घोषले नेपालमा बिदेशी लगानी आकर्षित गर्न यहाँ भएका बिदेशी लगानीमा सञ्चालित उद्योगहरुका समस्याहरुको उचित सम्बोधन आवश्यक रहेको बताउंँदै १० बर्षदेखि सम्बोधन नभएको बौद्धिक सम्पत्ति अधिकार सम्बन्धि समस्याका साथै ब्राण्ड रजिष्टरका समस्या, टेष्ट मार्केटिङको अनुमति प्राप्तिमा ढिलाई लगायत ‘कन्ट्रयाक्ट म्यानुप्mयाक्चरिङ’ खुल्ला गर्न सुझाए ।
संघका कोषाध्यक्ष प्रधानले नेपाल–भारत आर्थिक सम्बन्धलाई पुनर्विचार गर्नुपर्ने बिचार ब्यक्तगर्दै तुलनात्मक लाभको हिसावमा नेपालमा लगानी भित्र्याउन सकिने उच्च सम्भावना पर्यटन र जलबिद्युत भएको र यसको प्रबद्र्धनमा बिशेष ध्यान पुर्याउनु अत्यन्त आवश्यक रहेको बताए ।
उनले भारतमा ६–७ बर्षपछि जलविद्युतको ठूलो माग रहने बताउंदै अहिले हामीले परियोजनाहरुलाई सुचारु रुपमा बिना अवरोध अघि बढ्न दिने हो भने नेपालबाट भारतमा बिजुली उच्च मूल्यमा निर्यात गर्न सकिने संभावना रहेको औल्याए ।
उक्त अवसरमा बोर्डका सीईओ भट्टले नेपालमा भारतीय लगानी भित्र्याउन अत्यन्त चिन्तनशील भई कार्यहरु गरिरहेको जानकारी गराए । संघले प्रस्ताव गरेको ‘नेपाल–ईण्डिया पार्टनरशीप समित’ आयोजना गर्ने बिषयमा सहकार्य गरी अघि बढ्न सकिने जानकारी पनि गराए ।