काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई धमाधम बोनस सेयर वितरण गरिरहेको छन् ।
केही कम्पनीहरुको अझै वार्षिक साधारणसभा गर्न बाँकी रहेकाले बोनस सेयर आउन बाँकी छ । बिमालगायतका कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेर सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका छन ।
साउनयता हालसम्म बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत, होटललगायत विभिन्न ४५ वटा कम्पनीहरुले १० अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको १० करोड ८२ लाख ४६ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, चिलिमे हाइड्रोपावर, हिमालयन बैंक, नागरिक लगानी कोष, नेपाल बंगलादेश बैंक रहेका छन । यस्तै प्राइम लाइफ इन्स्योरेन्स, गुराँश लाइफ इन्स्योरेन्स र सानिमा बैंकलगायतले पनि बोनस सेयर वितरण गरिसकेको बोर्डले जनाएको छ ।
बोनस सेयर दिनेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु रहेका छन । पुँजी बढाउन उनीहरुले सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन । सबै बैंक तथा वित्तीय संस्थाको न्युनतम चुक्तापुँजी पुगेको छ ।
यस्तै पुँजी बढाउन बीमा कम्पनीहरुले पनि सेयरधनीलाई बोनस सेयर वितरण गरेका छन । जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउनका लागि लगानी जुटाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन ।
बोनस सेयर हेर्न यहाँ क्लिक गर्नुहोस