काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी २३ करोड ३९ लाख ३४ रूपैयाँ हजार पुगेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको चुक्तापूँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ थियो ।
शतप्रतिशत हकप्रद र ५ प्रतिशत बोनस शेयरबाट कम्पनीको पुँजी वृद्धि भएको हो । यस वर्षभने कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
माघ १८ गते सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा पनि गत वर्षभन्दा ७२ प्रतिशत बढेको छ । गत वर्ष रू. १ करोड ५८ लाख १९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ३० लाख ९२ हजार रूपैयाँ यो नाफा गरेको हो ।
सञ्चालन नाफा पनि गत वर्षभन्दा १०६ प्रतिशत बढी भएको छ । गत वर्ष १ करोड ९७ लाख १४ हजार रूपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ६ लाख ४० हजार रूपैयाँ यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा रकम नछ्ट्याएकाले कम्पनीको सञ्चालन नाफा बढेकाले नाफामा सहयोग मिलेको हो ।
नाफामा उल्लेख्य वृद्धि भएको कम्पनीको जगेडा कोष रकम पनि १९४ दशमलव ६२ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. ३ करोड ५९ लाख ५३ हजार रहेको जगेडा कोष रकम यस वर्ष १० करोड ५९ लाख २७ हजार रूपैयाँ कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ५२ दशमलव ४९ प्रतिशत बढी १ खर्ब १३ करोड ५८ लाख २४ हजार रूपैयाँ कर्जा सापटी लिएको कम्पनीले ५५ दशमलव ७० प्रतिशत बढी १ अर्ब ८३ करोड २० लाख ८२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष ४२ प्रतिशत बढी ४९ करोड ७६ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन कम्पनीले गरेको छ ।
गत वर्ष ३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष घटेर २ दशमलव ४१ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी २३ दशमलव ३४ रूपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ दशमलव ४१ रूपैयाँ रहेको छ ।