काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित सहरी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् ।
समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ लिमिटेडका संचालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर ई. डा.पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् ।
समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सिमाविद बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत रहेका छन् ।
त्यसैगरी समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्स्योरेन्स कम्पनी नेपालका सञ्चालक कृष्ण बोहोरा, गंगा प्रालि (रियल इस्टेट) चितवनका अध्यक्ष सीए दिनेश चुके, आइएनजीए रियल इस्टेट प्रालि, बुटवलका संचालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जयकुमार जैन, शिवम हाउजिङ प्रालि, विर्तामोडका प्रवन्ध सञ्चालक, सुदीप प्रर्सांइ छन् । त्यस्तै उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रालि, सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रालि, वीरगञ्जका सञ्चालक, ई.हेमन्त बैद छन् ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नु हुं“दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताए ।
महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको उपस्थितिको रहेको सो कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले सहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिए ।
तत्पश्चात समितिका सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमुना सहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।