काठमाडौं । भ्यालेन्टाइन डेलाई विषेश बनाउने चाहना बनाउनु भएको छ ? यदी छ भने तपाईले स्मार्टडोको मार्फत सामान खरिद गर्नुुभयो भने डोको भरी मायाको उपहार दिने भएको छ ।
पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाइन डे लाई युवा पुस्ताहरुले विषेश रुपमा मनाउन थालेका छन् । यसैलाई लक्षित गरी स्मार्टडोको अनलाइन सपिङ पोर्टलले डोको भरी माया नामक अफर ल्याएको हो ।
स्मार्टडोकोले आफ्नो ग्राहकहरुलाई रोमान्चकारी विशेष उपमहार आफ्ना प्रियजनहरुलाई दिन सक्ने व्यवस्था गरेको छ । यसका अतिरिक्त सो अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमाण्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको ब्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन् ।
स्मार्टडोमा मार्फत १ हजार भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेवु्रअरी सम्मलाईमात्र लागू रहने जनाएको छ ।
भाग्यसाली ग्राहकहरुले एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर, दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर, दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज, भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर र दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पाको सुविधा पाउने छन् ।