काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार समिति विस्तार भएको छ । समितिको सहसभापतिमा प्रज्ञान न्यौपाने छन् ।
समितिका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ हुनुहुन्छ । फोरमका सल्लरहेका छन् ।
नवगठित समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।
वार्षिक करिब ९ खर्बको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पु¥याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलबमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ दिदी बहिनीहरू बाध्य छन् ।
यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्नसमेत केही योगदान पु¥याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले समितिले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिए ।
महासंघको रोजगारदाता परिषदका सभापति एवं प्रदेश उपाध्यक्ष रामचन्द्र संघईले समितिको सफलताको कामना गंर्दै विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूस“ग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका बारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरेका थिए ।